×

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा अवस्थित गैँडाकोट इङ्लिस स्कुलले आधुनिक भवनको निर्माणको काम सुरु गरेको छ । कक्षा एक देखि कक्षा ३ सम्मका विद्यार्थीहरुका लागि लक्षित गर्दै स्कुलले नयाँ भवन निर्माणको काम सुरु गरेको हो ।

विद्यालयका प्राचार्य हिरालाल अर्यालका अनुसार गैँडाकोट नगरपालिका वडा नं. २ मा रहेको सेकेन्डरी ब्लक सँगै रहेको स्थानमा प्राईमरी ब्लक निर्माणको काम सुरुवात गरिएको हो । ४२ सय स्क्वायर फीटमा निमार्ण भैरहेको तीन तले पक्की भवन निर्माण सम्पन्न गर्नका लागि ५ करोड रुपैया लागत अनुमान गरिएकोे छ ।

नयाँ भवनमा १८ वटा सुविधासम्पन्न वातनुकुलित कोठाहरु रहनेछन् । भूकम्प प्रतिरोधीका अतिरिक्त अन्तराष्ट्रिय मापदण्ड समेत पुर्याएर निर्माणको काम भैरहेको भवनको निमार्ण कार्य आगामी जेठ महिनाभित्र सक्ने लक्ष्य राखिएको प्राचार्य अर्यालले बताउनुभयो । स्कुलले यसअघि दुईवटा वटा सुविधासम्पन्न आधुनिक भवन मार्फत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुलाई पठनपाठन सञ्चालन गर्दै आएको छ ।

गैँडाकोट नगरपालिकाको एकमात्र “क” वर्गको गैँडाकोट इङ्लिस स्कुललमा १३ सय विद्यार्थीहरु अध्ययनरत छन् भने एकसय एघार जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । शान्त र पारिवारिक बाताबरणमा पढाइ सञ्चालन हुँदै आएको स्कुलले विगत केहिवर्ष यता विद्यार्थी तथा अभिभावकहरुको मन जित्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया