नवलपरासी पूर्वमा दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिए
गैँडाकोट । नवलपरासी(बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको माघ मसान्त सम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउन देखि माघ सम्म जिल्लामा एक सय ९७ जना पुरुष र ८७ जना महिला गरी दुई सय ८४ जना नयाँ क्षयरोगी पहिचान भएको जनाइएको छ । नयाँ क्षयरोगी मध्य २.८ प्रतिशत बालबालिका रहेका छन् ।
साउन देखि माघ सम्म जिल्लामा भेटिएका क्षयरोगी मध्य १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्य सात जना पुरुष र तीन जना महिला रहेको जिल्ला स्वास्थ्य कार्य...


