गैँडाकोट – नेकपा (एमाले) गैँडाकोट नगर कमिटिको दोस्रो नगर अधिवेशन यहि जेष्ठ २५ गते हुने भएको छ । नेकपा (एमाले) गैँडाकोट नगर कमिटिको पूर्ण बैठकले जेठ २५ गते दोस्रो अधिवेशन गर्ने निर्णय गरेको हो ।
नेकपा एमाले गैँडाकोट नगर कमिटिका सचिव जगन्नाथ पौडेलका अनुसार नगरका सबै १८ वडाहरुमा जेष्ठ १९ गते प्रतिनिधी छनौट गर्ने कार्यतालिका बनाइएको छ । दोस्रो नगर अधिवेशनले आगामी तीन वर्षका लागि ७५ सदस्यीय नगर कमिटि चयन गर्नेछ ।
नेकपा (एमाले) गैँडाकोटको नयाँ नेतृत्वका लागि धुव्रराम पौडेल, नगर कमिटिका सचिव जगन्ननाथ पौडेल, सहसचिव श्रीराम सुवेदी, युवा नेता कृष्ण कंडेल लगायतको नाम चर्चामा छ ।



उज्यालो खबर




