×

गैँडाकोट – जिल्ला उद्योग बाणिज्यसंघ गैँडाकोटको तेस्रो अधिवेशनले दिपक सापकोटाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । गैँडाकोटको नारायणी रिर्सोटमा शनिवार सम्पन्न संघको पाँचौ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले आगामि २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा छविलाल कंडेल, प्रथम उपाध्यक्षमा एकदेव रिमाल, द्धितीय उपाध्यक्षमा सुरेन्द्र तिवारी र महासचिवमा तेज नारायण पाण्डे चयन भएका छन् । त्यसैगरी सचिवमा विष्णु पंगेनी  चयन भएको निर्वाचन समितिले जनाएको छ ।

उवासंघ गैँडाकोटका कार्यसमिति सदस्यहरुमा अमित अग्रवाल, गोपाल प्रसाद सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शालिकराम सापकोटा, परमेश आचार्य, किशोर कुमार लम्साल, सिर्जना पौडेल, कविराज आचार्य, कमल शर्मा गौतम, गोकुल सापकोटा, विनोद कुमार श्रेष्ठ, घनश्याम पराजुली, तीर्थराज थनेत,  दिपक प्रसाद भट्टराई, राकेश कुमार, मिना दाहाल, शेषकान्त कोइराला, प्रकाश सापकोटा, समिर श्रेष्ठ, मेघराज कंडेल र कृष्ण न्यौपाने रहेका छन् ।

यसैगरी लेखा समिति संयोजकमा र चिन्तामणी कंडेल (सीआर), सदस्यमा अमृत श्रेष्ठ, कृष्ण कंडेल, गणेश उपाध्याय, टिकाराम पराजुली, सूर्यप्रसाद घिमिरे,राजु पौडेल र बुद्धिनाथ घिमिरे चयन भएका छन् ।

तपाईको प्रतिक्रिया