दिवा खाजामा खिर खान मान्दैनन् चेपाङ बालबालिका
चितवन । पर्वमा मीठोचोखो खानु त परको कुरा अन्न बालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्दछ । बिहान र बेलुकाको छाक टार्नका लागि उनीहरुले निकै सङ्घर्ष गर्नुपर्ने बाध्यता रहिआएको छ ।
जिल्लाको ग्रामीण पहाडी भेगमा चेपाङ समुदायको बाक्लो बस्ती छ । खेतीपाती र कामका लागि बालबालिकासमेत खटिन्छन् ।
स्कुले बालबालिकासमेत पढ्न छाडेर कन्दमूलको खोजीमा जाने गर्दछन् । ती बालबालिकालाई बीचैमा विद्यालय नछाडून् भन्नका लागि कालिका नगरपालिकाले दिवा खाजा...


