नारायणगढ–बुटवल सडक विस्तार कछुवा गतिमा !
नवलपुर । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको कामले तीव्रता पाउन सकेको छैन । कोभिड–१९ का कारण सडक विस्तारमा ढिलाइ भइरहेको अवस्थामा मनसुन शुरु भएसँगै सडक विस्तारमा थप जटिलता आएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।
नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले बर्सातको समयमा पुल निर्माणको काम मात्रै भइरहेको जानकारी दिनुभयो । “नारायणगढबाट पाँच किलोमिटरदेखि १२ किलोमिटरसम्ममा माइनर ब्रिज निर्माणको काम ...
