नवलपुर । नवलपुरमा माधव नेपालले नेतृत्व गरेकाे नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटी गठन गरिएकाे छ । जिल्लाकाे कावासोतीमा भएको भेलाले सालिकराम भट्टराईको संयाेजकत्त्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरेकाे हाे ।  डा. गोपाल खनालको प्रमुख आतिथ्यतामा आइतबार कावासोतीमा भएको भेलाले ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ भेलाले नवलपुरबाट धनन्जय शर्मालाई केन्द्रिय प्रतिनिधि चयन गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला कमिटीको उपाध्यक्षमा गणेशमान महत्तो कावासोती), सचिवमा झविलाल राना (हुप्सेकोट), उपसचिवमा सुस्मा काफ्ले (प्रगतिनगर) लाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा डा. गोपाल खनाल, भरत तिवारी, खगराज कंडेल (देवचुली), श्यामप्रसाद भुसाल, ठाकुर पराजुली (विद्यार्थी), प्रेमनारायण पाण्डे (युवा), प्रेम विक (दुम्किबास), अर्जुन पाण्डे (विनयी त्रिवेणी), अर्जुन विक (विनयी त्रिवेणी), गोविन्द विक (कावासोती). कपिल प्रसाद काफ्ले (कावासोती) लाई चयन गरेको छ ।  त्यसैगरी सदस्यहरुमा मदन गिरी (कावासोती), कपिल न्यौपाने (कावासोती), हुमकान्त पराजुली (देवचुली), धनलाल भुसाल (देवचुली), टिकाराम पौडेल (गैडाकोट), अग्निधर पाठक (मध्यविन्दु) लगायतलाई चयन गरेको छ ।

तपाईको प्रतिक्रिया