नवलपुर । पूर्वपश्चिम राजमार्गकाे  नवलपुरको गैँडाकोटमा लामो समयदेखि सडक अवरुद्ध हुँदा यात्रुहरुलाई समस्या परेको खबरहरु सार्वजनिक हुन थालेपछि युवासंघले विचिल्लीमा परेका यात्रुहरुको उचित व्यवस्थापनका लागि आफु तयार रहेको जनाएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. १० को भेडावारी जंगलको २३ स्मृति पुलको डाईभर्सन बाढीले बगाएपछि विगत ४ दिनदेखी सो सडकखण्डको यातायात आवागमन प्रभावकारी बन्न सकेको छैन ।राष्ट्रिय युवासंघ नवलपुरले आज एक सूचना जारी गर्दै यात्राको क्रममा भोकै बस्न पर्ने अवस्था आएमा विना संकोच आफुहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

मानवीय जिवनका प्रत्यक्ष सरोकारका विषयहरुमा युवासंघले काम गर्ने भन्दै जिल्ला अध्यक्ष कृष्ण कंडेलले सेवा नै धर्म हो भन्ने कुरालाई सबैले आत्मसाथ गर्नुपर्ने बताए ।समस्याको बेलामा चाउचाउ, पानी जस्ता खाद्यपदार्थमा चर्को शुल्क लिइएको कुरा बाहिर सुनिएको भन्दै त्यसो नगरि मानवीय  सेवामा जुट्न सवै व्यवसायीलाई आग्रह गरिएको छ । युवासंघ नवलपुरले तल दिइएका मोबाईल नम्बरमा फोन गरि समस्या राख्न आग्रह गरेको छ ।

१ कृष्ण कन्डेल  ९८५५०५१०२१
२नेल्सन सुबेदि  ९८५७०४१६१५
३ इश्वर बोहरा  ९८५५०८४८१७
४: प्रबिन सापकोटा   ९८५७०४०३८२
५. बालेन्द्र क्षेत्री ९८०६९८३४०८

तपाईको प्रतिक्रिया