×

नवलपुर विशेष

भरतपुर महानगरको गम्भिर लापर्बाही : गैडाको दुखद अन्त्य

भरतपुर महानगरको गम्भिर लापर्बाही : गैडाको दुखद अन्त्य
चितवन: सडकको नाली बनाउँदाको खाल्डोमा परेर गैंडा मरेको छ। भरतपुर महानगरपालिका-९ गोन्द्राङमा पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेर अन्दाजी १२ वर्षको भाले गैंडा मरेको हो। नजिकैको वनदेवी सामुदायिक वनबाट भाग्ने क्रममा दिउँसो खाल्डोमा भासिएपछि निस्कन नसकेपछि मरेको हो। गोन्द्राङदेखि पुल्चोकधसमम ६ लेनको सडक विस्तारको लागि नाली बनाइएको हो। नाली बनिसकेको भए पनि खाल्डो नपुर्दा खसेर गैंडा खसेको हो। खाल्डो नपुरेपछि गैंडा खसेर मरेको हो। अर्क...

नवलपुरमा कोरोना संक्रमितको संख्या ५०० नाघ्यो ; भोलिदेखि नै अनुगमन गर्छौ :सिडिओ घिमिरे

नवलपुरमा कोरोना संक्रमितको संख्या ५०० नाघ्यो ; भोलिदेखि नै अनुगमन गर्छौ :सिडिओ घिमिरे
सुस्मा न्यौपाने नवलपुर ।नवलपरासी (पूर्व)मा कोरोना संक्रमितको संख्या ५०० नाघेको छ ।स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले दिएको जानकारी अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ५१९ पुगेको छ ।स्वास्थ्य नवलपरासी (पूर्व)का प्रमुख केशव प्रसाद चापागाईले शुक्रबार भरतपुर अस्पतालमा नवलपुरका विभिन्न पालिकाका २० जनाको कोभिड रिपोर्ट पोजेटिभ भएको बताउनु भयो । भरतपुर अस्पतालमा २० जना नवलपुरका संक्रमित थपिएसँगै जिल्लामा कोभिड १९ संक्रमितको संख्या ५१९ पुगेको उहाँले जानकारी दिनुभयो । गत पछ...

काँग्रेस अधिवेशनः नवलपुर सहित १६ जिल्लामा अनिश्चितकालका लागि स्थगित

काँग्रेस अधिवेशनः नवलपुर सहित १६ जिल्लामा अनिश्चितकालका लागि स्थगित
नवलपुर ।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन स्थगित भएको जनाएको छ । कोरोना महामारीका कारण १५ माघमा हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको समितिले जनाएको छ । कांग्रेसको सप्तरी, सिराहा, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, पर्सा, बारा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, कैलाली, बाँके, नवलपुर र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ । कोरोना कहर सामान्य अवस्थामा आए...

आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य
काठमाडौं । आजदेखि सार्वजनिक स्थान जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ ।यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने छ ।सबै निकायहरुले खोप कार्ड हरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्र...

पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ताकाे माग गर्दै अखिल नवलपुरले पठायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ताकाे माग गर्दै अखिल नवलपुरले पठायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र
चोरमारा । पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता लगायतको माग सहित नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु नवलपुरले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववीयु नवलपुरले नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगत बराल माफर्त चार बुँदे माग सहित प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउदै अनेरास्ववीयु नवलपुरका संयोजक सुरज सापकोटाले अनेरास्ववीयु नवलपुरले गरेका मागहरु प्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । सो ...

गैँडाकोटमा बिहीवार २८ जनामा कोरोना संक्रमण

गैँडाकोटमा बिहीवार २८ जनामा कोरोना संक्रमण
सुस्मा न्यौपाने गैँडाकोट । गैँडाकोट नगरपालिकामा आज थप २८ जनाकमा कोरोना संक्रमण भएको छ । गैँडाकोट स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणका क्रमामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको गैँडाकोट स्वास्थ्य चौकीले जनाएको छ । गैँडाकोट स्वास्थ्यचौकीका प्रमुुख जनस्वास्थ्य निरिक्षक सरला कुमालले २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । संक्रमण हुनेमा १५ जना महिला र १३ जना पुरुष रहेका छन् ।

नारायणी नदीमा युवतीको वेवारिसे शव फेला

नारायणी नदीमा युवतीको वेवारिसे शव फेला
नवलपुर । नारायणी नदीमा एक जना युवतीको शव फेला परेको छ । नाम, थर, वतन नखुलेको अन्दाजी २५/३० बर्षीया महिला नारायणी नदीमा मृत फेला परेको हो । नवलपुरको मध्यविन्दु नगरपालिका २ नन्दपुर स्थित नारायणी नदीको बीच भागमा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताए ।महिलाको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

गैँडाकोट नगरपालिकाको नक्सा शाखाका कर्मचारी संक्रमित भएपछि एकहप्ताका लागि सेवा बन्द

गैँडाकोट नगरपालिकाको नक्सा शाखाका कर्मचारी संक्रमित भएपछि  एकहप्ताका लागि सेवा बन्द
नवलपुर । कोरोना भाईरस कोभिड १९ का कारण गैँडाकोट नगरपालिकाको सेवा प्रवाह प्रभावित भएको छ । नक्सा शाखामा कार्यरत कर्मचारीहरुमा कोभिड १९ संक्रमण भएपछि सो शाखाको सेवा प्रभावित भएको नगरपालिकाले जनाएको छ।आज एक सार्वजनिक सूचना जारी गर्दै गैँडाकोट नगरपालिका कार्यालयले घरनक्सा तथा अभिलेखिकरण शाखाबाट हुने सेवा एकसाताका लागि बन्द गरिएको जनाएको छ । प्रमुख प्रशाासकीय अधिकृत छविलाल सुवेदीद्धारा जारी सूचनामा कोभिड संक्रमित कर्मचारीहरु एकसाताका लागि होम आईसोलेनमा बस्नुपरेकोले आजैका मितिदे...

गैँडाकोटमा मौलाकाली केबलकार निर्माण सुरु

गैँडाकोटमा मौलाकाली केबलकार निर्माण सुरु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबुलकार कम्पनीले आगामी एक वर्षभित्र मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम सुरु गरेको हो । “मौलाकाली केबलकार सञ्चालनका लागि औपचारिक अनुमतिका सबै...