×

सुस्मा न्याैपाने 

नवलपुर । नवलपुरको गैँडाकोटमा रहेको गैँडाकोट ईङलिस स्कुलले पुनः अन्तराष्ट्रिय स्कूल अवार्ड (आइएसए) हासिल गर्न सफल भएको छ । ब्रिटिश काउन्सिल नेपालले उक्त अवार्ड मंगलबार प्रदान गरेको विद्यालयका प्रार्चाय हिरालाल अर्यालले जानकारी दिनुभयो ।नवलपुर र चितवनमै  सन् २०१७ मा पहिलोपटक अन्तराष्ट्रिय स्कुल अवार्ड (आइएसए) प्राप्त गरेको स्कुलले विगतको शैक्षिक विरासतलाई कायम राख्दै फेरिपनि अवार्ड प्राप्त गर्न सफल भएको हो ।

विद्यालयका प्रचार्य अर्यालका अनुसार यो अवार्ड तीन वर्षको लागि मात्र भएको र हरेक तीन वर्षपछि पुनःमान्यता पाउन फेरि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले अझ बढी शैक्षिक योजना र कार्यक्रम गर्दै जाने बताए ।उहाँले शैक्षिक वातावरण, पाठ्यक्रममा अन्तर्राष्ट्रिय आयाम र परियोजना कार्यमा विभिन्न देशका बिधालयसंग गरियको समन्वय र आदान  प्रदानको आधारमा शैक्षिक, भौतिक तथा कक्षा व्यवस्थापन लगायतमा उत्कृष्ट भएकै कारण अवार्ड प्राप्त भएको र यसले विद्यालय परिवारलाई धेरै खुशी मिलेको बताउनुभयो ।

शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबैको सहयोगले अवार्ड प्राप्त गर्न सफल भएको र आगामी दिनमा शैक्षिक गुणस्तर कायम राख्दै लैजाने बताउनुभयो ।काउन्सिलले देशभरका २० जिल्लाका १०७ वटा विद्यालयलाई यो अवार्ड प्रदान गरेको छ । वर्ष २०१९–०२० र २०२०–०२१ को संयुक्त अवार्ड सेरमनी गरेर मंगलबार प्रदान गरेको हो ।

गैँडाकोट नगरपालिकाको पहिलो बालमैत्री तथा बातावरणमैत्री गैँडाकोट ईङलिस स्कुलमा शिक्षक तथा कर्मचारी गरि ८० जना कार्यरत छन् भने ११ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया