
गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगरपालिका वडा नं. ८ ले संगठन विस्तार कार्यक्रमलाई आक्रामक रुपमा अगाडी बढाएको छ । नेकपा एमाले गैँडाकोट ८ मा युवा नेता श्रीहरी चालिसेको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि पार्टिका गतिविधिहरु थप चलायमान हुदै गएका छन् ।
यसैक्रममा नेकपा एमाले वडा कमिटि गैँडाकोट ८ अन्तर्गत सिद्धिविनायक,त्रिदेव टोलको बृहत भेलाले नमुना शर्मा पराजुलीको अध्यक्षतामा ३५ सदस्यीय टोल कमिटि गठन गरेको छ ।
कमिटिको उपाध्यक्षमा सिता आचार्य, सचिवमा शुशिला पौडेल र उपसचिवमा डा. दिनेश सापकोटा र प्रशान्त गौतम रहनु भएको नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनुभयो ।यसैविच नेकपा एमाले गैँडाकोट वडा नं. ८ ले वडाका सबै टोलहरुमा पार्टिका वडा ईन्चार्जहरु तोकेको छ ।
जस अनुसार सिद्धिविनायक टोलमा भिमनारायण रिमाल, उज्वल टोलमा अर्जुन भुसाल, त्रिदेव टोलमा हरी सुवेदी, जय महादेव टोलमा देवी कुमारी शर्मा, करङघारी टोलमा राधा परियार, विजयनगर टोलमा लालबहादुर थापा, नन्दन कालिका टोलमा पुजा शर्मा, र बेलाटारी कुमाल टोलमा बबिता कुँवरलाई पार्टि ईन्चार्जको जिम्मेवारी प्रदान गरिएको नेकपा एमाले गैँडाकोटका ८ का अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनुभयो ।
त्यसैगरी नेकपा एमाले गैँडाकोट ८ को जेष्ठ नागरिक ईन्चार्जमा महेन्द्रनाथ सिग्देल , युवा तथा विद्यार्थी ईन्चार्जमा अर्जुन पराजुली र महिला ईन्चार्जको जिम्मेवारी छमकुमारी विकलाई प्रदान गरिएको उहाँले बताउनु भयो ।