×

नवलपुर विशेष

नवलपुरमा थप १०२ जनामा काेराेना संक्रमण

नवलपुरमा थप १०२ जनामा काेराेना संक्रमण
गैँडाकोट । नवलपुरमा कोरोना संक्रमणको दर बढ्दै गएको बुधबार थप १०२ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्व ले जनाएको छ ।एन्टीजेन तथा पीसीआर परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ । संक्रमित मध्ये सबैभन्दा बढी गैडाकाेट नगरपालिकामा मात्रै ३६ जना रहेका छन । त्यसैगरी कावासोती नगरपालिकामा मात्रै २४ जना रहेका छन् । त्यसैगरी मध्यविन्दु नगरपालिकामा ११,  देवचुली नगरपालिकामा ३ जना, विनयीत्रिवेणी गाउँपालिका...

थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस -कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्...

खोप कार्ड हराएमा के गर्ने ?

खोप कार्ड हराएमा के गर्ने ?
काठमाण्डौ - खोप कार्ड हराएकाहरुलाई स्वास्थ्य मन्त्रालयले प्रतिलिपि उपलब्ध गराउने भएको छ ।मन्त्रालयका अनुसार तीन तरिकाबाट हराएको खोप कार्ड लिन सकिन्छ ।दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ। जोन्सन एण्ड जोन्सन खोप लगाएको भए त्यही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि दिन सकिने स्वास्थ्य मन्त्रालयले जनाए...

१४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा कावासोतीबाट एक युवक पक्राउ

१४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा कावासोतीबाट एक युवक पक्राउ
गैँडाकोट । जबरजस्ती करणी गरेको आरोपमा नवलपुरमा एक युवक पक्राउ परेका छन् । जिल्लाको कावासोती नगरपालिका वडा नं. २ बस्ने बर्ष २४ कका बिमल कंडेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । पौष १७ गते कावासोती नगरपालिका वडा नं. ८ मा रहेको पवन होटलमा कंडेलले १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पिडितले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले पक्राउ परेका उनिमाथी मुलुकी फौजदारी अ...

बुलिङ्गटारमा घरको आँगनमा लडेर वृद्धको मृत्यु

बुलिङ्गटारमा घरको आँगनमा लडेर वृद्धको मृत्यु
नवलपुर । पूर्वी नवलपरासीमा घरको आँगनमा लडेर एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । प्रहरी चौकी बुलिङ्गटारका अनुसार बुलिङटार गाउँपालिका ६ नयाँ बस्ती बस्ने बर्ष ७६ को कर्ण बहादुर सुनार विकको आफ्नै घरको आँगनबाट अन्दाजी ३ फिट तल खसेर मृत्यु भएको हो । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

नवलपुरमा थप ४७ जनामा काेराेना संक्रमण

नवलपुरमा थप ४७ जनामा काेराेना संक्रमण
गैँडाकोट । नवलपुरमा कोरोना संक्रमणको दर बढ्दै गएको साेमबार थप ४७ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्व ले जनाएको छ ।एन्टीजेन तथा पीसीआर परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ । संक्रमित मध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा मात्रै २४ जना रहेका छन् । त्यसैगरी गैँडाकोट नगरपालिकामा १२, मध्यविन्दु नगरपालिकामा ४, देवचुली नगरपालिकामा ४ जना, विनयीत्रिवेणी गाउँपालिकामा १ जना, हुफसेकाेट गाउँपािलकामा ...

सपिङ मलमा २५ जना, प्यार्टी प्यालेसमा ५० जनालाई मात्र प्रवेश दिइने , स्कुलहरु बन्द

सपिङ मलमा २५ जना, प्यार्टी प्यालेसमा ५० जनालाई मात्र प्रवेश दिइने , स्कुलहरु बन्द
काठमाडौं । सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ ।सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । मार्क अनिवार्य गरिएको छ । साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् । सरकारले क...

चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु
चितवन। केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो । हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो । निकुञ्जले मृतकको परिवारमा मानसिक चोट पुग्न सक्ने भन्दै पहिचान खुलाएको छैन । साइकलमा गस्ती गइरहेका बेला ध्रुवेले आ...

गैँडाकोटमा ७२ बर्षीया बृद्धामाथी चक्कु प्रहार

गैँडाकोटमा ७२ बर्षीया बृद्धामाथी चक्कु प्रहार
गैँडाकोट । नवलपुरको गैडाँकोटमा ७२ वर्षीया वृद्धामाथी गएराति चक्कु प्रहार भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १ स्थित नेराश मावि नजिकै स्थानीय ७२ वर्षीया रिमाकला भट्टराई माथी चक्कु प्रहार नवलपुर प्रहरीले जनाएको छ । गएराति १० वजे आफ्नै घरमा सुतिरहेको बेला उनिमाथी चक्कु प्रहार भएको हो । गरहगना तथा घरका अन्य सरसमानहरु लुटपाट गर्ने उदेश्यले बृद्धामाथी चक्कु प्रहार भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । कोठामा सुतिरहेको बेला घाटी दवाएर चक्कु प्रहार गर्दा चिउडो अनुहार र आँखामा च...