×

चोरमारा । पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता लगायतको माग सहित नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु नवलपुरले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववीयु नवलपुरले नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगत बराल माफर्त चार बुँदे माग सहित प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउदै अनेरास्ववीयु नवलपुरका संयोजक सुरज सापकोटाले अनेरास्ववीयु नवलपुरले गरेका मागहरु प्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । सो क्रममा उहाँले पेट्रोलियम पदार्थको मुल्य बृद्धि खारेज हुनुपर्ने, नेपाली भूभागमा भारतिय पक्षबाट भएको अतिक्रमण कार्य तत्काल रोक्नुपर्ने, कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम र उपयुक्त माध्यमबाट पढनपाढन सञ्चालन तथा सबै विद्यार्थीलाई पूर्ण खोपको व्यवस्थापन हुनुपर्ने र दैनिक उपभोग्य बस्तुको मुल्यबृद्धि, कालोबजारी नियन्त्रण गर्नु अनेरास्ववीयुको माग भएको बताउनुभयो ।

सो क्रममा अनेरास्ववीयुका केन्द्रीय सदस्य एवम् नवलपुर सह–इञ्चार्ज नेल्सन सुवेदीले सर्वसाधरणको दैनिक जिवन संग प्रत्यक्ष जोडिएका सवालहरु समाधानमा सरकार गम्भीर नबनेको भन्दै पेट्रोलियम पदार्थको मुल्य बृद्धि खारेजि लगायतका मागहरु तत्काल सम्बोधन नभए थप कडा आन्दोलनको कार्यक्रमहरु घोषण हुने बताउनुभयो ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा अनेरास्ववीयु केन्द्रीय सदस्य एवम् सह–इञ्चार्ज कृष्ण गैह्रे, अनेरास्ववीयु नवलपुरका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । अनेरास्ववीयु नवलपुरले यस अगाडी भारतिय पक्षले लिपुलेक क्षेत्रमा गरिरहेको सडक बिस्तार कार्यको बिरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत दहन गरेको थियो ।

तपाईको प्रतिक्रिया