
सुस्मा न्यौपाने
नवलपुर ।नवलपरासी (पूर्व)मा कोरोना संक्रमितको संख्या ५०० नाघेको छ ।स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले दिएको जानकारी अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ५१९ पुगेको छ ।स्वास्थ्य नवलपरासी (पूर्व)का प्रमुख केशव प्रसाद चापागाईले शुक्रबार भरतपुर अस्पतालमा नवलपुरका विभिन्न पालिकाका २० जनाको कोभिड रिपोर्ट पोजेटिभ भएको बताउनु भयो । भरतपुर अस्पतालमा २० जना नवलपुरका संक्रमित थपिएसँगै जिल्लामा कोभिड १९ संक्रमितको संख्या ५१९ पुगेको उहाँले जानकारी दिनुभयो ।
गत पछिल्लो २४ घण्टामा नवलपुरमा थप भएका कोरोना संक्रमितहरुको तथ्याकं समेत शुक्रबार प्रावधिक कारणले नआएको भन्दै जिल्लामा शुक्रबार समेत संक्रमितको संख्या समेत स्वतः बढ्न सक्ने देखिएको छ । नवलपुरका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकामा संक्रमितको संख्या उच्च छ । चितवन सँग जोडिएको गैँडाकोट नगरपालिका र सदरमुकाम समेत रहेको कावासोती नगरपालिकामा मानीसहरुको बाक्लो आवतजावतले संख्या बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार २० सम्म पाँचसय माथि रहेको कोरोना संक्रमितको संख्या सात महिनापछि माघको पहिलो सातामा फेरी सोहि विन्दुमा पुगेको हो ।कार्यालयका प्रमुख केशवप्रसाद चापागाईले जरुरी कामविना यात्रा नगर्न आग्रह गर्दै स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न आग्रह गनुभयो : यो माहामारीबाट बच्न सबैले अनुशासनको पालना गर्दै ब्यक्ति आफै सचेत हुन जरुरी छ उहाँले भन्नुभयो ।
भोलिदेखि अनुगमन गर्छौ : सीडिओ घिमिरे
जिल्ला प्रशासन कार्यालय नवलपुरले जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय नाघेपछि अनुगमनमा थप कडाई गर्ने भएको छ ।प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लामा कोभिड पोजेटिभको संख्या बढ्दै गएको भन्दै जिल्लावासी सबैले सर्तकता अपनाउनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी घिमिरेले भोलिदेखि नै आफुहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको बारे मसिनो गरि अनुगमन गर्ने बताउनुभयो ।
विभिन्न सरकारी कार्यालय र स्थानीय निकायमा सेवा लिने र दिने सबैले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन गर्न म आफै जाँदैछु उहाँले भन्नुभयो ।उज्यालो खबरसँग कुरा गर्दै उहाँले जिल्लावासी सबैलाई खोपको मात्रा लिन आग्रह गर्नुभयो । खोप नलिएका सबैले खोप लिनुपर्नेमा जोड दिदै उहाँले जिल्लामा खोपको अभाव नरहेको बताउनुभयो ।