गोर्खाको हिउँपहिरोमा फसेका नवलपुरका २ जनाको उद्धार
नारायण शर्मा
कावासोती । उत्तरी गोर्खाको हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार गरिएको छ । गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जान हिँडेका पूर्वी नवलपरासी दलदले निवासी सौरभ खनाल र उनकी साथी अनिता बुधबार साँझदेखि हिउँपहिरोमा फसेका थिए ।
बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उनीहरुलाई चुमनुब्री गाउँपालिकाको धर्मशालाबाट उद्धार गरेको हो । उद्धारमा गएको टोलीले उनिहरुलाई आज गोर्खाको चुमनुब्री गाउँपालिकाको धर्मशाला भन्ने स्थानमा भेटिएको ...


