×

नवलपुर विशेष

७३औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

७३औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौं । आज ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनीया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । प्रजातन्त्र दिवसमा २००८ सालपछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसर...

आज महाशिवरात्रि पर्व मनाइँदै

आज महाशिवरात्रि पर्व मनाइँदै
काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्ट...

कांग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था स्थिर, आज दुई शल्यक्रिया हुने

कांग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था स्थिर, आज दुई शल्यक्रिया हुने
काठमाडौँ–नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ । बुधवार राति ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद भण्डारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पतालमा शल्यक्रिया हुन लागेको हो । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार शुक्रवार बिहान १० बजे र दिउँसो २ बजे भण्डारीको शल्यक्रिया हुनेछ । बम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार सुरु गरेको उनले जानकारी ...

कार्यसम्पादन मूल्यांकनमा सबै स्थानीय तहलाई उछिन्दै कावासोती नगरपालिका जिल्ला प्रथम

कार्यसम्पादन मूल्यांकनमा सबै स्थानीय तहलाई उछिन्दै कावासोती नगरपालिका जिल्ला प्रथम
गोविन्द घिमिरे गैँडाकोट । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा नवलपुरका आठ स्थानीय तह मध्ये कावासोती नगरपालिका पहिलो भएको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष (आव २०८०-८१) का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो । आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलका प्रदेश सरकारको तुलनामा स्थानीय सरकारहरुको ...

गैँडाकाेटकाे नमुना माविमा क्यान्टिन संचालन गर्दै आएकी महिला बेपत्ता

गैँडाकाेटकाे नमुना माविमा  क्यान्टिन संचालन गर्दै आएकी महिला बेपत्ता
नवलपुर । नवलपुरको गैँडाकोटबाट ३६ वर्षीया महिला बेपत्ता भएकी छिन् । नवलपरासीको सुनवल १ आवस घर भै लामो समयदेखि गैँडाकोट नगरपालिका वडा नं. २ बस्दै आएकी ३६ वर्षिया सुमित्रा ज्ञवाली ३८ घन्टादेखि बेपत्ता भएको परिवारले जनाएको छ । बुधवार विहान साढे ५ नमुना मावि अगाडि बाट हराएकी सुमित्रको अवस्था यो समाचार तयारपार्दा सम्म अज्ञात नै छ । एकाविहानै क्यान्टिन पुगेर खाजा तयार गरेपछि सुमित्रा डेरामा रहेका नानीबाबुलाई उठाउन भन्दै क्यान्टिनबाट निस्केको उनका श्रीमान अम्बिकाप्रसाद ज्ञवालीले ब...

जनकल्याणकारी संस्था जापानको अध्यक्षमा सापकोटा चयन (नामावली सहित)

जनकल्याणकारी संस्था जापानको अध्यक्षमा सापकोटा चयन (नामावली सहित)
टोकियो । नेपालको विभिन्न ठाँउमा जन्मघर भई जापानलाई कर्मथलो बनाएका नेपालीहरुको साझा संस्था जनकल्याणकारी संस्था जापानको अध्यक्षमा ऋषिराम सापकोटा चयन भएका छन् । अध्यक्षमा चयन भएका सापकाेटा नवलपुरकाे गैँडाकाेट नगरपालिका वडा नं‍ ८ विजयनगरका स्थायी वासिन्दा हुन् । मंगलवार जापानको साइतामा प्रान्तमा सम्पन्न संस्थाको चौंथो अधिवेशनले सापकोटाको अध्यक्षतामा आगामी दुई बर्षको निम्ती नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा कृष्ण प्रसाद खराल मेघनाथ खराल (मुकुन्द) र प्रिन्सेस खरेल, सच...

भोलि गण्डकी प्रदेशमा सार्वजनिक विदा

भोलि गण्डकी प्रदेशमा सार्वजनिक विदा
गैँडाकोट । गण्डकी प्रदेश सरकारले भोली फागुन ४ गते बिहीबार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकार स्थापना दिवसको अवसरमा बिहीबार सार्वजनिक विदा दिइएको हो । २०७८ चैत १८ गतेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिन लागिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको विदा प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ  । सो दिन प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहने मन्त्रालयका सूचना अधिकारी खुबी राम पोख्रेलले जानकारी दिनुभयो ।

गैंडाकोटमा नेपाली विषयमा पठन सीप विकास सम्बन्धि तालिम सम्पन्न

गैंडाकोटमा नेपाली विषयमा पठन सीप विकास सम्बन्धि तालिम सम्पन्न
नवलपुर । गैंडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना एवं नेपाली विषय नगर स्तरीय समितिको संयोजनमा आधारभूत तह ९कक्षा १ देखि ५० मा नेपाली विषय अध्यापनरत शिक्षकहरुको लागि दुई दिने क्षमता विकास तालिम मंगलबार लक्ष्मी माध्यमिक विद्यालय अमरापुरीमा सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेलले दुई दिनसम्म सिकेका अभ्यास तथा शिक्षण विधिलाई आफ्नो विद्यालयको कक्षा कोठा मा प्रयोग भएमा मात्र तालिम सफल हुने कुरा बताउनुभयो । ल...

१२ बुँदे घोषणापत्र जारी गर्दै नारायणी नदी सम्मेलन सम्पन्न

१२ बुँदे घोषणापत्र जारी गर्दै  नारायणी नदी सम्मेलन सम्पन्न
गैँडाकोट । १२ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने नारायणी नदी सम्मेलन सकिएको छ । ‘स्वच्छ नदी, स्वस्थ जीवन’ का लागि घोषणापत्रमा नदीको स्वच्छता, संरक्षण र दीगोपनाका विषय समेटिएका छन् । जलाधार क्षेत्रको संरक्षणका लागि जैविक एवं पारिस्थितकीय प्रणालीमा आधारित क्रियाकलापमा जोड दिदैँ नदीमा आश्रीत जीव, समुदायको उत्थान एवं विकासमा जोड दिइएको छ । सांस्कृतिक क्रियाकलाप गर्दा स्वच्छतामा ध्यान दिने, संरक्षणमुखि कार्यक्रम सञ्चालन गर्ने, औद्योगिक क्षेत्रको प्रदुषण नियन्त्रणसम्मका विषय उल्ले...