गैँडाकोट । नेपाल घरेलु तथा साना उद्योग महासंघ द्धारा गैँडाकोटमा आयोजित प्रथम नगर महिला उद्यमीहरुको भेलाले सावित्रा खबासको अध्यक्षतामा ९ सदस्य गैँडाकोट नगर कमिटी चयन गरेको छ ।
कमिटीको वरिष्ठ उपाध्यक्षमा अन्जु ज्ञवाली, महासचिवमा गंगा ढकाल सापकोटा, कोषाध्यक्षमा जमुना काफ्ले रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा कल्पना देवकाेटा , प्रीयंका न्यौपाने शर्मा, जुना न्यूरे, यमकुमारी लम्साल र विष्णु देवकोटा रहनुभएको छ ।
कमिटीको उपाध्यक्ष पद केहि दिनका लागि रिक्त राखिएको छ ।रिक्त पदमा एकजना महिला उद्दमीलाई पछि मनाेनित गरिने नवनिर्वाचित अध्यक्ष खवासले बताउनु भयाे । नवगठित कमिटीको कार्यकाल ३ वर्षको हुनेछ । गैँडाकोटमा व्यवसाय गरिरहेका महिलाहरुको व्यवसायीक एकताका लागि नगर कमिटी गठन गरिएको हो ।



उज्यालो खबर




