×

गैँडाकोट । जयश्री अर्गनाईजेसनका महानिर्देशक उद्योगी तथा बरिष्ठ समाजसेवी पवन कुमार अग्रवाल प्रबल जनसेवा श्री पदकबाट विभुषित हुनुभएको छ ।राष्टपति कार्यालय सीत्तल निवासमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्टपति रामचन्द्र पौडेलले उहाँलाई विभुषित गर्नुभएको हो ।

लामो समयरदेखि उद्योग व्यवसायको क्षेत्रमा रहेको योगदान दिएको भन्दै उहाँलाई नेपाल सरकारले गएको संविधान दिवशको अवसरमा प्रवल जनसेवा श्री पदकबाट विभुषित गर्ने निर्णय गरेको थियो ।

जयश्री अर्गनाईजेसनका महानिर्देशक अग्रवाल, मारबाडी सेवा समाज काठमान्डौको सल्लाहकार, चक्रघाट हनुमान मन्दिर गैँडाकोट ९ का संरक्षक हुनुहुन्छ ।अग्रवालको नेतृत्वमा रहेको जयश्री अर्गनाईजेसनले कोभिड महामारीको समयमा देशका विभिन्न जिल्लाहरुमा गरेको सहयोग प्रशंसायोग्य छ ।

 

 

तपाईको प्रतिक्रिया