गैँडाकोट । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैँडकोटले एसईई दिएका विद्यार्थीहरुका लागि नि:शुल्क ब्रिज कोर्स र कम्प्युटर तालिमको आयोजना गर्ने भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरुका लागि कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नि:शुल्क तालिम र ब्रिज कोर्स अध्ययनको ब्यवस्था मिलाएको हो ।
बैशाख ४ गतेबाट सुरु हुने तालिममा सहभागी हुन चाहने विद्यार्थीहरुले कलेजमा सम्पर्क राखेर आफ्नो नाम दर्ता गराउन सक्ने ब्यवस्थापन संकायका उपप्रमुख तथा कम्प्युटर तालिमका संयोजक तेज प्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार अक्सफोर्डले आयोजना गरेको ब्रिज कोर्स तथा कम्प्युटर तालिममा जुनसुकै विद्यालयका विद्यार्थीहरु सहभागी हुनसक्नेछन् ।

एसईई पछि विज्ञान विषय लिएर पढ्ने विद्यार्थीहरुका लागि ब्रिज कोर्स र अन्य विद्यार्थीहरुका लागि कम्प्युटर तालिम प्रदान गरिने ब्रिज कोर्स तालिमका संयोजक ध्रव कंडेलले बताउनुभयो । विहान ११ वजेदेखि दिउसो ३ वजेसम्म चल्ने तालिमका लागि सिमित सिट भएकाले समयमै सम्पर्क राखेर मौकाको फाईदा उठाउन अक्सफोर्ड कलेजले विद्यार्थीहरुमा अनुरोध गरेको छ ।



उज्यालो खबर




