नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता
गैँडाकोट । नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । प्रत्यक्षदर्शी गैँडाकोट एकका बिपना थापाका अनुसार आज साँझ ७ :३० वजे नदीमाथीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका हुन् ।सेतो टिर्सट लगाएका उनि नदीमा हाम फालेको थापाले उज्यालो खबरलाई जानकारी दिइन् ।
बेपत्ता भएका पुरुषको बारेमा हालसम्म कुनै पहिचान हुन सकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटले एक पुरुष नदीमा हाम फालेको सूचना प्राप्त भएको बताएको छ । प्रहरी निरीक्षक रिता पौडेलले भनि...


