गैँडाकोट ।गैँडाकोट । श्री राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्कीले विजय सामुदायिक शिक्षा सदनमा क्याडेट छात्र, छात्राको तालिम अनुगमन गर्नुभएको छ । अनुगमन साथै छात्र, छात्रालाई उत्प्रेरणात्मक प्रबचन कार्यक्रम पनि भएको छ ।सो अवसरमा महानिर्देशक कार्कीले जिवनमा आउने हरेक चुनौतीलाई सामना गर्दै अगाडी बढ्न सकेमा सफल बनिने बताउनुभयो । उहाँले धर्म, संस्कृति र संस्कारलाई आत्मसाथ गर्दै अगाडी आउन सके सफल बनिने बताउनुभयो ।
स्वागत मन्तव्य व्यक्त गर्दै विजय सामुदायिक शिक्षा सदनका प्राचार्य रेखा श्रेष्ठले श्री राष्ट्रिय सेवा दलको तालिममा विद्यार्थीहरूलाई सहभागी गराउन पाउँदा खुसी लागेको बताउनुभयो । विद्यालयले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा शैक्षिक सहकार्य, समन्वय गरिरहेको बताउँदै तालिमका लागि विद्यालय छनौट भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । यस्तै विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष खेमराज सापकोटाले श्री राष्ट्रिय सेवा दलको तालिमले विद्यार्थीमा आएको परिवर्तन देख्दा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा क्याडेट छात्र संसार सापकोटाले आफ्नो अनुभव राख्नुभएको थियो भने, श्री राष्ट्रिय सेवा दल प्रमुख सेनानी बासु शरण खड्का, श्री राष्ट्रिय सेवा दल सेनानी साबित्रि थापा, श्री राष्ट्रिय सेवा दल लेखा सेनानी कमल खड्का श्री राष्ट्रिय सेवा दल तालिम प्रशिक्षकहरु प्रेम बानिया, राजकुमार शर्मा विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष टिकाराम कँडेल, उपाध्यक्ष परमेश आचार्य लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाली बिषय प्रमुख रञ्जना लामिछानेले गर्नुभएको थियो ।




















उज्यालो खबर











