गैंडाकोट । नवलपुरको गैंडाकोटमा आँखा उपचार केन्द्र खुल्ने भएको छ । नेपाल नेत्रज्योति संघ र गैंडाकोट नगरपालिकाबीच आज यस सम्बन्धी सहमति भएको हो ।सहमतिपत्रमा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी र संघका सभापति एवं भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष जयराम श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
मुकुन्दपुरस्थित गैंडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आउनेछ । नगरपालिका र संघले सहकार्य गरेर केन्द्र सञ्चालन गर्ने सहमति भएको श्रेष्ठले जानकारी दिनुभयो । भरतपुर आँखा अस्पताल अन्तर्गत तीन वटा सेकेण्डरी अस्पताल र यो सहित १५ वटा आँखा उपचार केन्द्र रहेका छन् ।



उज्यालो खबर




