×

चितवन सेरोफेरो

चितवनका एसपी गौतमको सरुवा, जिल्लामा राजन लिम्बु आउने

चितवनका एसपी गौतमको सरुवा, जिल्लामा राजन लिम्बु आउने
चितवन- जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरिक्षक गौतम मिश्रको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा लिस्टमा गौतमको नाम पर्सा रहेको छ । यसभन्दा अघिका एसपि भावेश रिमाल रवि लामिछानको मुद्दामा विवादमा मुछिएपछि प्रहरी प्रधान कार्यालयले गौतमलाई काजमा चितवन पठाएको थियो । यस्तै चितवनमा राजन लिम्बु आउने भएका छन् । लिम्बु कर्णाली प्रदेश प्रहरी कार्यालय विरेन्द्रनगर आर्थिक प्रशासन तथा प्रवन्धक शाखाबाट चितवन सरुवा भएका हुन् ।

वृज एडिटिभ्स्को निर्माण सामग्रीको नयाँ उत्पादन चितवनमा

वृज एडिटिभ्स्को निर्माण सामग्रीको नयाँ उत्पादन चितवनमा
चितवन- वृज एडिटिभ्स्ले नयाँ उत्पादनहरूको शृंखला सुरु गरेको घोषणा गरेको छ । नयाँ शृंखलाका रुपमा सिमेन्ट टाइल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रिट, ब्लक मोर्टार, वाल पुटिन र वाटरप्रुफिङ सिस्टम समावेश छन् । वृज एडिटिभ्स्को नेपालको निर्माण उद्योगका परिवर्तनशील आवश्यकताहरू पूरा गर्नका नयाँ वस्तुहरुको उत्पादन गरिएको आज भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । भारत र चीनबाट आयातित हुने वस्तुको रोकथामका लागि नेपालमा नै उत्पादन गर्न लागिएको उद्योगले जानकारी दिए...

बालमाविद् अलम्नाइमा वामदेवको नेतृत्व

बालमाविद् अलम्नाइमा वामदेवको नेतृत्व
चितवन- भरतपुर महानगरपालिका-२, नारायणगढमा रहेको बालकुमारी माविका पूर्वविद्यार्थीहरूको संगठन बालमाविद् अलम्नाइ एसोसिएसनको दसौँ अधिवेशन बिहीबार सम्पन्न भएको छ ।अधिवेशनले एसएलसी ब्याच २०३८ का वामदेव शर्माको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्समितिको उपाध्यक्षमा सनदकुमार पिया, सचिवमा सूर्यप्रकाश कँडेल, कोषाध्यक्षमा रमेश श्रेष्ठ, सदस्यमा शेषमणि भट्टराई, भरतकुमार श्रेष्ठ र दिलमाया पोखरेल रहेका छन् ।कार्यसमितिको सबै पदमा एकएक जनाको मात्रै उम्मेदवार...

देवघाट महामहोत्सव- देवी प्रतिभाको विदाई, अनुराधा पाण्डेयलाई स्वागत

देवघाट महामहोत्सव- देवी प्रतिभाको विदाई, अनुराधा पाण्डेयलाई स्वागत
  चितवन । देवघाट महामहोत्सव आज १०औं दिनमा प्रवेश गरेको छ। आजदेखि श्रद्द्ये किशोरशरण जी महाराजको शिव महापुराण वाचन सुरु हुँदैछ। बिहान ८ बजेबाट प्रारम्भ हुने यस प्रवचनले हजारौं श्रद्धालु भक्तजनलाई भक्ति र आध्यात्मिकतामा डुबाउने विश्वास गरिएको छ। मधुरता र भक्तिभावका स्रोत किशोरशरण जी महाराजले नेपाल र भारतभरका धार्मिक स्रोता माझ आफ्नो भक्तिरसमय कथाका माध्यमबाट विशेष ख्याती कमाउनुभएको छ। आजै सुप्रसिद्ध कथावाचिका देवी प्रतिभाजीको विदाईको दिन पनि हो। दिउँसो २ बजे आयोजना ह...

स्पन्दन नेपालद्वारा विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

स्पन्दन नेपालद्वारा विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग
चितवन- भरतपुर चितवनमा रहेको परोपकारमुलक काम गर्दै आएको सामाजिक संस्था स्पन्दन नेपालले विकट क्षेत्र कालिका नगरपालिका–१० मा रहेको विद्यालय राष्ट्रिय आधारभूत बिद्यालय नान्दरमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको छ । विद्यालयमा अध्ययन गर्ने ६० जना विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको हो । संस्थाकी अध्यक्ष अनिता खनालका अनुसार कालिका–१० का वडाध्यक्ष नरजङ प्रजाको प्रमुख अतिथ्यतामा एक कार्यक्रमका बिच सो सामग्री हस्तान्तरण गरिएको हो । उनल...

कालीमाटीमा विभागको अनुगमन, चितवनको सिमी सबैभन्दा धेरै विषादीयुक्त

कालीमाटीमा विभागको अनुगमन, चितवनको सिमी सबैभन्दा धेरै विषादीयुक्त
चितवन- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी फलफूल तथा तरकारी बजारमा अनुगमन गरेको छ । गएराति गरिएको अनुगमनमा सबैभन्दा धेरै विषादीको मात्रा चितवनको हरियो सिमीमा भेटिएको छ । विभागका अनुसार सो सिमिमा इन्जाइम इन्हिबिशन ४२ प्रतिशतसम्म पाइएको थियो । आलु, प्याज, गोलभेडा, साग, गाँजर सुन्तलालगायत २२ प्रकारका फलफूल तथा तरकारीमा विषादीको मात्रा परीक्षण गरिएको थियो । सो क्रममा न्यूनतम एकदेखि ४२ प्रतिशतसम्म इन्जाइम इन्हीविशन देखिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकार...

माडीमा गैंडाको आक्रमणबाट गम्भीर घाइते भण्डारीको उपचारको क्रममा मृत्यु

माडीमा गैंडाको आक्रमणबाट गम्भीर घाइते भण्डारीको उपचारको क्रममा मृत्यु
चितवन- माडी नगरपालिका–१ ध्रुव चोकमा माघ ३ गते गैंडाको आक्रमणमा परी गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा आज (बुधवार) बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ विकास चोक बस्ने ५५ वर्षीय शिवराज भण्डारी रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ६ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बागमती प्रदेश०६–००३ प ४३३९ नम्बरको मोटरसाइकलमा भरतपुरबाट माडीतर्फ जाँदै गरेका भण्डारीलाई माघ ३ गते दिउँसो साढे २ बजेको सम...

खैरहनी नगरपालिकाद्वारा जैविक विषादी र जैविक सामग्री वितरण सुरु

खैरहनी नगरपालिकाद्वारा जैविक विषादी र जैविक सामग्री वितरण सुरु
चितवन -  खैरहनी नगरपालिकाले नगरभित्रका कृषकहरूको कृषि उत्पादनलाई सुरक्षित, स्वस्थ र दिगो बनाउने उद्देश्यले २५% अनुदानमा जैविक विषादी र जैविक सामग्री वितरण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।जैविक विषादी र जैविक सामग्रीको वितरण सुरुवात गर्दै खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै कृषकहरूलाई रासायनिक विषादीको सावधानीपूर्वक प्रयोग गर्दै जैविक तथा एकीकृत कीट व्यवस्थापन (IPM) वि...

एमाले भरतपुर १० को बनभोज सम्पन्न

एमाले भरतपुर १० को बनभोज सम्पन्न
चितवन - नेकपा एमाले भरतपुर महानगर कमिटी वडा नं. १० को आयोजनामा बृहद् बनभोज कार्यक्रम शनिवार सम्पन्न भएको छ । जलदेवी सामुदायिक वन आँपटारीमा भएको कार्यक्रममा वडाका करिव ३०० सदस्यहरु सहभागि भएको नेकपा एमाले भरतपुर १० का सचिव विज्ञान पौडेलले जानकारी दिनुभयो । नेकपा एमाले भरतपुर महानगर कमिटी १० का अध्यक्ष दधिराम देवकोटाको अध्यक्षता तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरु कृष्णभक्त पोखरेल...