खैरहनी नगरपालिकाद्वारा जैविक विषादी र जैविक सामग्री वितरण सुरु
चितवन - खैरहनी नगरपालिकाले नगरभित्रका कृषकहरूको कृषि उत्पादनलाई सुरक्षित, स्वस्थ र दिगो बनाउने उद्देश्यले २५% अनुदानमा जैविक विषादी र जैविक सामग्री वितरण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।जैविक विषादी र जैविक सामग्रीको वितरण सुरुवात गर्दै खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै कृषकहरूलाई रासायनिक विषादीको सावधानीपूर्वक प्रयोग गर्दै जैविक तथा एकीकृत कीट व्यवस्थापन (IPM) वि...


