×

चितवन – नेकपा एमाले भरतपुर महानगर कमिटी वडा नं. १० को आयोजनामा बृहद् बनभोज कार्यक्रम शनिवार सम्पन्न भएको छ । जलदेवी सामुदायिक वन आँपटारीमा भएको कार्यक्रममा वडाका करिव ३०० सदस्यहरु सहभागि भएको नेकपा एमाले भरतपुर १० का सचिव विज्ञान पौडेलले जानकारी दिनुभयो ।

नेकपा एमाले भरतपुर महानगर कमिटी १० का अध्यक्ष दधिराम देवकोटाको अध्यक्षता तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरु कृष्णभक्त पोखरेल, जेएन थपलिया, टुकाभद्र हमाल विशिष्ट अतिथी रहनुभएको थियो ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष कमलराज पाठक, प्रदेश कमिटी सदस्य रामप्रसाद न्यौपाने, नेताहरु विजय सुवेदी, तेजेन्द्र खड्का, लेखराज पन्त, कृष्ण भूर्तेल, बिमला तामाङ, जिल्ला सचिव प्रकाश ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया