
चितवन- भरतपुर चितवनमा रहेको परोपकारमुलक काम गर्दै आएको सामाजिक संस्था स्पन्दन नेपालले विकट क्षेत्र कालिका नगरपालिका–१० मा रहेको विद्यालय राष्ट्रिय आधारभूत बिद्यालय नान्दरमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको छ ।
विद्यालयमा अध्ययन गर्ने ६० जना विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको हो । संस्थाकी अध्यक्ष अनिता खनालका अनुसार कालिका–१० का वडाध्यक्ष नरजङ प्रजाको प्रमुख अतिथ्यतामा एक कार्यक्रमका बिच सो सामग्री हस्तान्तरण गरिएको हो ।
उनले विकटमा रहेका बाबुनानीहरुलाई अध्ययन गर्नको लागि केही सहयोग पुगोस भन्ने हेतुले सवै विद्यार्थीलाई पुग्ने गरि ६० जोर कपडा, १२० वटा कपि, पेन्सिल, इलेजर, कटर र केहि विद्यार्थीहरुका लागि बाल कथाका कितावहरु हस्तान्तरण गरिएको जानकारी दिइन् । अध्यक्ष खनालले सो स्थानसम्म पुग्नको लागि निकै कठिन भएका कारण वडा कार्यालय र विद्यालयको समन्वयमा हस्तान्तरण गरी विद्यार्थी माझ सामग्रीहरु वितरण गरिएको बताइन् ।
कालिका–१० का अध्यक्ष प्रजाले पालिकाको विकट क्षेत्रका बालबालिकाको लागि सहयोग प्राप्त हुनु सकारात्मक भएको प्रतिक्रिया दिए । “विगतमा पनि यस क्षेत्रमा काम गर्दै आएको स्पन्दनलाई मनै देखि धन्यवाद दिन चाहान्छु” उनले भने, “स्पन्दन नेपाल दिनदुखीको साथी हो ।”
विद्यालयका प्रधानाध्यापक खुमराज भट्टले विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र कपडा आएकोमा खुसी व्यक्त गरे । उनले यस प्रकारको सहयोगले जाडो र शैक्षिक सामाग्री नभएकै कारण विद्यालय नआउने बाबालिकालाई विद्यालय आउन प्रेरित मिलेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कविन्द्र चेपाङ, स्पन्दन नेपालका निवर्तमान अध्यक्ष इन्दिरा भुषाल, सचिव विमला दाहाल, कोषाध्यक्ष सिता भुषाल, सदस्य सकुन्तला धरेल, सिता भुषाल लगायतको सहभागिता रहेको थियो ।