चितवनको खैरहनीका यात्रु सवार माइक्रो गोरखामा दुर्घटना एकजनाको मृत्यु , १४ जना घाइते
चितवन- गोरखाको शहीद लखन गाउँपालिका-३ मा माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ ।मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ : २५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो ।
दुर्घटनामा चितवन खैरहनी नगरपालिका -२ पर्साका ३७ वर्षीय पदमबहादुर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । उनीहरु सबै खैरहनी नगरपालिका -२ कै रहेको प्रहरीले जनाएको छ ।
घाइते हुने...


