×

गैँडाकोट । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ७ घर भएकी ५५ वर्षीया शान्ति नेपालीको गैँडाको आक्रमणबाट ज्यान गएको हो ।

गोपालनगर सामूदायिक वनमा घाँस काट्न गएकी नेपालीलाई आज दिउसो २ वजे गैँडाले आक्रमण गरि गम्भिर घाइते बनाएको थियो । घाइते अवस्थामा उद्धार गरि बघौडा सामूदायिक अस्पताल ल्याइएकोमा उपचारको क्रममा दिउसो साढे ४ वजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया