×

चितवन-  गोरखाको शहीद लखन गाउँपालिका-३ मा माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ ।मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ : २५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो ।

दुर्घटनामा चितवन खैरहनी नगरपालिका -२ पर्साका ३७ वर्षीय पदमबहादुर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । उनीहरु सबै खैरहनी नगरपालिका -२ कै रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा प्रहरीका अनुसार ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गिता परियार, २६ वर्षीय सुमित चौधरी, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीय विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीय अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेका छन् ।

तपाईको प्रतिक्रिया