जगन्नाथ पौडेलको प्रश्न – मैले चुनाव लड्दा आकाश खस्छ ?
चितवन । चितवनको भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारीप्रति सत्ता गठबन्धनका नेताहरूले स्तरहीन टिप्पणी गरेको बताएका छन् ।आफू मेयरमा उठ्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेताले देश बर्बाद हुने टिप्पणी गरेको भन्दै उनले आफूलाई ग्लानी भएको बताए ।
शनिबार भरतपुरमा समर्थकहरूलाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले भने, ‘‘प्रजातन्त्र आएको छ, कुनै व्यक्तिले चुनाव लड्छु भन्दैमा आकाश खस्छ रु कुनै व्यक्तिले चुनाव लड्छ जित्ला, कसैले हार्छ । यो त लाखौं मान्छेले ...


