रत्ननगर ।नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनको कारण महिलाहरुको अधिकार खोसिएको बताउनुभएको छ।

रत्ननगर–मा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले प्रमुख पदमा पुरुष भए उपप्रमुख पदमा महिला उम्मेदवार हुनुपर्ने भए पनि गठबन्धनले त्यस्तो नगरेको बताउनुभयो । उहाँले गठबन्धन गर्ने र उम्मेदवारी दिँदा छुट्टा छुट्टै दलहरुबाट उम्मेदवारी दिएका कारण संविधानले प्रदत्त गरेको अधिकारबाट महिलाहरु वञ्चित हुन परेको बताउनुभयो ।

नेकपा एमालेकै अग्रसरतामा संविधानमा महिलाहरुको अधिकार सुरक्षित गर्ने काम गरेको दाबी गर्दै पाण्डेले केन्द्रीय तहबाटै गठबन्धनको नाममा देशव्यापी रुपमा महिलाले पाउने अधिकार खोसिएको दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया