×

चितवन सेरोफेरो

प्रधानमन्त्री देउवा आज चितवन आउँदै

प्रधानमन्त्री देउवा आज चितवन आउँदै
चितवन ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आउँदै छन् । नेपाली कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा काङ्ग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा दिउँसो करिब १२ बजे सहभागी हुने छन् । आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन आउन लागेका हुन् । यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदै छ। नेपाली कांग्रेस चित...

प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई वर्ष २०७८ को उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान

प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई वर्ष २०७८ को उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान
निर्मल पाैडेल चितवन । चितवनको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई वर्ष २०७८ मा घोषित उत्कृष्ट निजामती सेवा पुरस्कार आज प्रदान गरिएको छ । गतवर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्न सफल उहाँलाई प्रधानमन्त्री शेर बहादुर देउवाले निजामती सेवा दिवसको अवसरमा आज एक समारोहका विच सिहंदरवारमा सम्मान गर्नुभएको हो । म्याग्दीको बेनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहँदा सुवेदीलाई सरकारले उत्कृष्ट निजामती कर्मचारीको रुपमा छनौट गरेको...

चेपाङहरुकाे नयाँ बर्षकाे अवसरमा चितवन सहित ३ जिल्लामा आज सार्वजनिक विदा

चेपाङहरुकाे नयाँ बर्षकाे अवसरमा चितवन सहित ३ जिल्लामा आज सार्वजनिक विदा
चितवन । लोपोन्मुख चेपाङ (प्रजा)  समुदायले नयाँ वर्ष (न्वागी)  मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछ ।यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ । संविधानसभा सदस्य तथा नेपाल चेपाङ सङ्घका पूर्वकेन्द्रीय सदस्य गोविन्दराम चेपाङले चेपाङको यो सामुदायिक सांस्कृतिक पर्व भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धानआदि खाने गरिन्छ ।” यसै...

नारायणगढ मुग्लिन सडक अवरुद्द

नारायणगढ मुग्लिन सडक अवरुद्द
चितवन । लेदोसहित को खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ । आज बेलुका पौने ६ बजे भरतपुर महानगर पालिका वडा नम्बर २९ सत्रकिलोमा पहिरो जादा उक्त सडक खन्ड अवरुद्ध भएको हो । हाल सडक डिभिजन कार्यालय संग समन्वय भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

डेढ महिने दूधे छोरी घरमै छाडेर किन नारायणीमा हाम्फालिन ऋचा ?

डेढ महिने दूधे छोरी घरमै छाडेर किन नारायणीमा हाम्फालिन ऋचा ?
चितवन ।  झापाबाट सुत्केरी बस्न माइतीगाउँ चितवन खैरेहनी गएकी थिइन्, ऋचा उप्रेती । उपन्यासकार मिलन संग्रौलासँग प्रेमविवाहको तीन वर्षपछि १७ असारमा उनले छोरी जन्माइन् । शल्यक्रियाको घाउ निको भएपछि पति मिलनले २३ साउनमा ऋचालाई माइतीघर लगेर छाडेका थिए । तर, ७ भदौको अपत्यारिलो घटनाले उनले ऋचालाई सकुशल घर फर्काउन भने पाएनन् । त्यो दिन बिहान साढे ११ बजेतिर छोरीलाई दूध खुवाएर ऋचा घरबाट निस्केकी थिइन् । नयाँ कपडा लगाएर निस्किँदा उनले टिकटक बनाउन नजिकै हजुरबुवा–आमाकहाँ जान लागेको भनेकी...

शहरी क्षेत्र र शिक्षित परिवारका सदस्य समेत मानव वेचबिखनको उच्च जोखिममा

शहरी क्षेत्र र शिक्षित परिवारका सदस्य समेत मानव वेचबिखनको उच्च जोखिममा
चितवन । तीनै तहको सरकार, मानव वेचबिखन बिरुद्धको सरोकार भन्ने नाराका साथ चितवनमा पनि मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १६ औ राष्टिय दिवसको अवसरमा कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन गरिएको छ ।चितवनलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको संस्था हाम्रो भरोसा नेपाल, आशिष सामाजिक सेवा नेपाल र महिला शशक्तिकरण तथा परिवर्तनशिल समाज चितवनको संयुक्त आयोजना गरिएको सचेतना मुलक कार्यक्रम बडा नं ९ भित्रका टोल विकास संस्था र आमा समुहका अध्यक्ष तथा प्रतिनिधिहरुलाई मानव वेचबिखन बिरुद...

त्रिशुली नदीमा नुहाउने क्रममा १२ वर्षीय बालक बेपत्ता

त्रिशुली नदीमा नुहाउने क्रममा १२ वर्षीय बालक बेपत्ता
चितवन–चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार, धारापानीस्थित त्रिशुली नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो ३ः३० बजेको समयमा त्रिशुली नदीमा नुहाउन गएका वीरगञ्ज महानगरपालिका–२१ मनोहर घर भई हाल कुरिनटारमा लेबर काम गर्दै आएका कृष्णप्रसाद यादवका १२ वर्षीय छोरा अक्लेश यादव नदीमा बेपत्ता भएका हुन् । अक्लेश बाराको गढीमाई नगरपालिका–६ तेलगाई घर भई हाल सोही ठाउँमा बस्ने १७ वर्षीय विशाल यादवसंग त्रिशुली नदी किनारमा नुहान गएका थिए । अक्लेश नदी किनारमा पौडी ...

अरोमा कलेजको ज्यादती , सडकमै स्कुल बस पार्किङ्ग !

अरोमा कलेजको ज्यादती , सडकमै स्कुल बस पार्किङ्ग  !
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १०, स्थित रहेको अरोमा कलेजले केही दिनदेखि बाटोमै पार्किङ्ग राखेर चरम लापरवाही गरेको पाइएको छ । अरोमा कलेजस्थित चौकमा दुबैतिरको स्कुल बस सडकनै ढाकेर राख्दा पनि ट्राफिक प्रहरीले खासै चासो देखिएको पाईदैन । ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको यो कलेजमा ट्राफिक प्रहरी देखेपनि नदेखैझै गरेर मौन छ । पुरै सडक ढाकेर बस पार्किङ्ग गरेर राख्दा दुर्घटनाको जोखिम उत्तिकै बढेको छ भने सवारी आगमनमा समेत बाधा पुगेको छ । यस विषयमा प्रश्न गर्दा कलेजका प्रिन...

प्रचण्डका एमाले प्रतिस्पर्धी भन्छन् : उहाँले हार्दा मात्रै देशले स्थिरता पाउँछ

प्रचण्डका एमाले प्रतिस्पर्धी भन्छन् : उहाँले हार्दा मात्रै देशले स्थिरता पाउँछ
चितवन । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिपस्पर्धा गर्न एमालेले चितवन-३ मा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अघि सारेको छ । उनी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । तत्कालीन नेकपा हुँदा भरतपुर महानगरपालिकाको अध्यक्ष रहेका न्यौपाने २०७८ माघमा एमाले चितवनको अध्यक्ष बनेका थिए । माडी नगरपालिकाका बासिन्दा रहेका न्यौपाने विद्यार्थी राजनीतिबाट आएका हुन् । सत्ता गठवन्धनका पाँच दलकातर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन न...