कमलनगरकाे कान्छी बजारमा रहेकाे जुत्ता पसलमा आगलागी, लाखौकाे क्षति
चितवन । भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित कान्छी बजारमा रहेकाे एक जुत्ता पसलमा मंगलबार राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको छ । स्थानीय तेज नारायण चापागाईको ट्रस र ब्लकले बनेको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ संचालन गर्दै आएको ओम ब्याकेन सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगलागीबाट पसलमा रहेका सबै जुत्ता चप्पल जलेर नष्ट भएको प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । क्षतिको विवरण आउन बाँ...


