चितवन । चितवनको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई वर्ष २०७८ मा घोषित उत्कृष्ट निजामती सेवा पुरस्कार आज प्रदान गरिएको छ । गतवर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्न सफल उहाँलाई प्रधानमन्त्री शेर बहादुर देउवाले निजामती सेवा दिवसको अवसरमा आज एक समारोहका विच सिहंदरवारमा सम्मान गर्नुभएको हो ।

म्याग्दीको बेनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहँदा सुवेदीलाई सरकारले उत्कृष्ट निजामती कर्मचारीको रुपमा छनौट गरेको थियो । हाल रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत सुवेदी यसअघि गैँडाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

सेवा प्रवाह र उत्कृष्ट कार्यसम्पादन सहित विभिन्न सुचकहरु पुरा गर्न सफल कर्मचारीहरुलाई सरकारले हरेक वर्ष उत्कृष्ट निजामती कर्मचारीको रुपमा छनौट गर्दै सम्मान गर्दै आइरेहको छ ।

तपाईको प्रतिक्रिया