×

चितवन सेरोफेरो

चितवनमा लागुऔषधसहित चारजना पक्राउ

चितवनमा लागुऔषधसहित चारजना पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले राप्ती र कालिका नगरपालिकाबाट  लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । कालिका र राप्तीबाट दुईरदुई जनालाई पक्राउ गरिएको हो । राप्तीमा पक्राउ पर्नेमा पर्सा छिपरमाई गाउँपालिका–१ बस्ने २८ वर्षीय महेश कुमार यादव र सोहि ठाउँ बस्ने २९ वर्षीय पप्पु प्रसाद यादव रहेका छन् । त्यस्तै, कालिकामा पक्राउ पर्नेमा कालिका–४ बस्ने २४ वर्षीय निर्मल तिमिल्सिना र कालिका–३ बस्ने २३ वर्षीय आयुष खनाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितल...

लियो इन्टिमेसी युथ क्याम्प माडीमा हुने

लियो इन्टिमेसी युथ क्याम्प माडीमा हुने
चितवन ।  ‘लियो इन्टिमेसी युथ क्याम्प–२०२३’ तीन दिनसम्म चितवनको माडीमा हुने भएको छ । लियो जिल्ला परिषद् ३२५ आर नेपालको आयोजना र लियो क्लव अफ नारायणगढ चित्रवनको होस्टमा ‘लियो इन्टिमेसी युथ क्याम्प’ हुन लागेको हो । क्याम्पको पहिलो दिन देवघाटमा समुद्घाटन कार्यक्रम रहेको छ । उद्घाटन पश्चात क्याम्पमा सहभागिहरुलाई देवघाटदेखि नारायणगढ पुलसम्म नारायणी नदीमा ¥याफ्टिङमा शयर गराइने छ । त्यसलगत्तै सहभागिहरु माडी प्रस्थान गर्ने र माडीस्थित अयोध्यापुरी सामुदायिक होमस्टेमा बास बस्ने व्यवस...

नारायणी किनारमा हुने कोटिहोमको शहरी विकास मन्त्री विक्रम पाण्डेले उद्घाटन गर्ने

नारायणी किनारमा हुने कोटिहोमको शहरी विकास मन्त्री विक्रम पाण्डेले उद्घाटन गर्ने
चितवन ।  माघ १२ गते वसन्तपन्चमीदेखि फागुन १२ गतेसम्म नारायणी नदी किनारमा हुन लागेको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञान महायज्ञलाई शहरी विकास मन्त्री विक्रम पाण्डेले उद्घाटन गर्ने भएका छन् । महायज्ञको माघ १२ गते दिउँसो २ बजे शहरी विकास मन्त्री पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्काअध्यक्ष प्रेमनिधि भारद्धाज कँडेलले जानकारी दिएका हुन् । त्यसअघि साढे ११ बजे कलश यात्रा निकालिने उनले जानकारी दिए । यज्ञको प्र...

चितवनका ‘वर्डफ्लु’ पीडित किसान भन्दछन्ः अझै राहत पाइएन

चितवनका ‘वर्डफ्लु’ पीडित किसान भन्दछन्ः अझै राहत पाइएन
नारायण अधिकारी, चितवन । गत वैशाखमा कुखुरामा बर्डफ्लु देखिएपछि पूर्वी चितवनको ज्यामीरेका व्यवसायी अर्जुन अर्यालको खोरमा रहेका कुखुरा, अण्डा, दाना, क्रेट र औषधि सबै नष्ट गरियो । खोरका बिभिन्न उमेरका एक लाख १४ हजार छ सय ८८ कुखुरा, एक लाख ३० हजार गोटा अण्डा, १३ हजार पाँच सय किलो दाना, ५२ हजार क्रेटसँगै औषधिलगायतका सामग्रीलाई सरकारी निकायबाट नष्ट गरिएको थियो । सरकारले विगतमा झै राहत दिने आशामा अर्यालले केही महिना खोर खाली गरेर कुखुराका चल्ला राख्नुभयो । उहाँको हिसाबमा सरकारल...

गल्याङ नगरपालिकामा अदुवाको बीउ किन्दा २ करोड भ्रष्टाचार

गल्याङ नगरपालिकामा अदुवाको बीउ किन्दा २ करोड भ्रष्टाचार
काठमाडौं । अदुवाको बीउ खरिद गर्दा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र नगरपालिकाका तत्कालीन कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महँगो मूल्यमा गुणस्तरहीन अदुवाको बीउ खरिद गरेको आरोपमा अख्तियारले पूर्वमेयर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालिन लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइराला र बीऊ आपूर्तिकर्ता कम्प...

 जन्मदिनमा आश्रममा आश्रीतलाई भोजन

 जन्मदिनमा आश्रममा आश्रीतलाई भोजन
चितवन । भरतपुर महानगरपालिका वडा नम्वर १२ निवासी पारस जङ्ग कार्कीको जन्मदिनमा देवघाटमा रहेको आश्रममा आश्रीत बालिकाहरुलाई भोजन गराइएको छ । नेपालकै प्रसिद्ध देवघाटधाममा रहेको लोक कल्याण सेवा प्रतिष्ठानद्धारा सञ्चालित श्री रामजानकी बालिका आश्रमका बालिकाहरुलाई खाना खुवाइएकाे बुबा हरि कार्कीले जानकारी दिए । जन्मदिनको अवसरमा हजारौं पैसा खर्च गरेर मनोरञ्जन गर्नुको साटो बालिका तथा बृद्धाबृद्धको सेवा गर्नु पाउदा निकै नै खुशी लागेको कार्कीले बताए ।  आश्रमलाई आवश्यक परेको खण्डमा व्यक्...

भरतपुरका उपमेयर भन्छन : अब कोहि अन्यायमा पर्ने छैन

भरतपुरका उपमेयर भन्छन : अब कोहि अन्यायमा पर्ने छैन
चितवन । भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारीले अन्यायमा परेका सबै नागरिकले अब न्याय पाउने बताएका छन् । । अब न्याय नपाएर अब कोहि पनि अन्यायमा पर्ने छैन अधिकारीले भने , न्यायको अनुभुती सबै नागरिकले पाउने गरि महानगरले काम गरिरहेको छ । न्याय सम्पादनमा एकरुपता ल्याउने उद्देश्यले भरतपुर महानगरपालिकाले सोमबारबाट आयोजना गरेको मेलमिलाप सम्बन्धि आठ दिवसीय (४८ घण्टे)  आधारभूत तालिमलाइ नारायणगढमा समुद्वघाटन गर्दै न्यायिक समितिका सयोजक समेत रहनु भएका उप प्रमुख अधिकारीले...

प्रेस चौतारी चितवनका संस्थापक पोखरेलले गरे पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग

प्रेस चौतारी चितवनका संस्थापक पोखरेलले गरे पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग
चितवन ।  प्रेस चौतारी चितवनका संस्थापक हरिप्रसाद पोखरेलले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन् ।प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष तथा पत्रकार महासंघ चितवनका पूर्व अध्यक्षसमेत रहेका पत्रकार पोखरेलले जन्मदिनको अवसरमा ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । संगठनका जिल्ला अध्यक्ष सुवास पण्डितमार्फत कोषका लागि सो रकम सहयोग गरेको पोखरेलले बताए । चौतारी चितवनले स्थापना गरेको कोषले पत्रकारहरुको हक, हित सुरक्...

गंगानगर दुग्ध उत्पादक सहकारीको अध्यक्षमा सापकोटा

गंगानगर दुग्ध उत्पादक सहकारीको अध्यक्षमा  सापकोटा
चितवन । गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्ष पुनः कृष्णप्रसाद सापकोटा चयन हुनुभएको छ ।२९ औं साधारण सभा तथा ९ औं अधिवेशनबाट सापकोटाको अध्यक्षमा ११ सदस्य सर्वसमत रुपमा चयन भएको हो । निर्वाचन अधिकृत रामजी प्रसाद सापकोटाका अनुसार संस्थाको उपाध्यक्षमा उमराज सिग्देल चयन हुनु भएको छ । १ अध्यक्ष , १ उपाध्यक्ष सहित ९ सदस्य बन्ने यस सहकारीको विधान अनुसार सदस्यहरुमा माधवराज थपलिया, बिष्णु माया सापकोटा, सुमित्रा अधिकारी, छायादत्त पराजुली, सुर्य प्रकाश महतो, बोधराज साप...