चितवन । भरतपुर महानगरपालिका वडा नम्वर १२ निवासी पारस जङ्ग कार्कीको जन्मदिनमा देवघाटमा रहेको आश्रममा आश्रीत बालिकाहरुलाई भोजन गराइएको छ । नेपालकै प्रसिद्ध देवघाटधाममा रहेको लोक कल्याण सेवा प्रतिष्ठानद्धारा सञ्चालित श्री रामजानकी बालिका आश्रमका बालिकाहरुलाई खाना खुवाइएकाे बुबा हरि कार्कीले जानकारी दिए ।

जन्मदिनको अवसरमा हजारौं पैसा खर्च गरेर मनोरञ्जन गर्नुको साटो बालिका तथा बृद्धाबृद्धको सेवा गर्नु पाउदा निकै नै खुशी लागेको कार्कीले बताए ।  आश्रमलाई आवश्यक परेको खण्डमा व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने कार्कीकाे भनाइ छ । कार्यक्रममा परिवार सहित समाजसेवी चन्द्र कायस्थ, श्री रामजानकी बालिका आश्रम का अध्यक्ष साबित्री टण्डन, महासचिव रामेश्वर खनाल लगायतको सहभागिता रहेको थियो ।

२०६७ सालमा स्थापना भएको आश्रममा ३७ जना बालिका रहेका छन् । आश्रमको आफ्नै भवन निर्माणको चरणमा छ । आश्रम निर्माणको क्रममा रहेकाले भौतिक तथा आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संघरसंस्थाहरुका लागि आश्रमको ढोका संधै खुला रहेको अध्यक्ष टण्डनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया