उपमेयर अधिकारीद्धारा बिकास निर्माणका आयोजनाहरुको अनुगमन
चितवन । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले महानगर भित्र भएका पछिल्ला बिकास निर्माणका आयोजनाहरुको अनुगमन गर्नु भएको छ । शुक्रबार उप प्रमुख अधिकारीले महानगर भित्र चालू अवस्थामा रहेका साना तथा ठुला आयोजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको हो ।
अधिकारीको नेतृत्वमा विभिन्न आयोजनाहरुको स्थलगत अनुगमनमा निस्किएको महानगरको टोलिले भरतपुर २९ मा रहेको पात्लेबास र कविलास चोकमा भइ रहेको सडक, माटोको अवस्था र त्यसबाट निस्कने ग्रयावेलको बिशेष निगरानीका साथ अनुगमन गरेको छ ।...


