चितवन । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले महानगर भित्र भएका पछिल्ला बिकास निर्माणका आयोजनाहरुको अनुगमन गर्नु भएको छ । शुक्रबार उप प्रमुख अधिकारीले महानगर भित्र चालू अवस्थामा रहेका साना तथा ठुला आयोजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको हो ।
अधिकारीको नेतृत्वमा विभिन्न आयोजनाहरुको स्थलगत अनुगमनमा निस्किएको महानगरको टोलिले भरतपुर २९ मा रहेको पात्लेबास र कविलास चोकमा भइ रहेको सडक, माटोको अवस्था र त्यसबाट निस्कने ग्रयावेलको बिशेष निगरानीका साथ अनुगमन गरेको छ । त्यस्तै गरि सिमलताल देखी डुम्रे बेसि सम्म ८ सय मिटरको निर्माणाधीन सडकको पनि उक्त टोलिले स्थलगत अध्ययन तथा अनुगमन गरेको छ ।
ति आयोजनाहरुको बिशेष अनुगमन गर्दै उप प्रमुख अधिकारीले बिकास निर्माणका आयोजनाहरुमा ढिलाइ गर्ने, लापरबाही गर्ने र राजनीति गर्न खोज्नेलाई महानगरले कडा एक्सनका साथ कारबाही गर्ने चेतावनी दिनु भयो । बिकास निर्माणमा अवरोध पुर्याउन खोज्ने र पुर्याउने दुबै लाई अब कार्बाही हुन्छ उप प्रमुख अधिकारीले भन्नू भयो ।अब तेरो या मेरो भनेर बिकासका काममा ढिला सुस्ती गर्ने ठेकदारहरुलाइ क्रमै सग महानगर कारबाहीमा उत्रिन्छ, अब कुनै पनि बहानामा कसैले पनि छुट पाउने छैन उप प्रमुखको ठोक्कुवा छ ।
पछिल्लो समय भरतपुर महानगरको तीब्र बिकास हेर्न आउने जनप्रतिनिधि तथा कर्मचारीहरुको क्रम बढिरहेको बताउदै उप प्रमुख अधिकारीले बिकासको नमूना अब भरतपुर महानगर नै बन्नेमा कुनै शका नरहेको पनि जिकिर गर्नु भयो । गत जेठ महिना देखि पुस मसान्तसम्म भरतपुर महानगरको तीब्र बिकास हेर्न आउने अन्य पालिकाका जनप्रतिनिधिहरुको सख्या झण्डै एक दर्जन भन्दा बढी रहेको भरतपुर महानगरपालिकाले जनाएको छ । यो सख्या अघिल्लो बर्षहरुको तुलनामा झण्डै दोब्बर रहेको पनि महानगरपालिकाले जनाएको छ ।
अनुगमन समितिका सयोजक समेत रहनु भएका उप प्रमुख अधिकारीले बिकासको गतिमा भरतपुर महानगरपालिकालाई देश कै उच्च स्थान पुर्याउने गरि महानगरले प्रक्रिया अगाढि बढाइरहेको पनि प्रष्ट पार्नु भयो ।
अनुगमनमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत नरेन्द्र कुमार राना, सिनियर डिभिजन इन्जिनियर लक्ष्मी प्रसाद भण्डारी,राजश्व शाखा प्रमुख बिसुराम कुवर,उप प्रमुखको स्वकीय सचिब कृष्ण प्रसाद बगाले, उप प्रमुखका प्रेस सल्लाहकार आशिष अधिकारी लगाएत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।



उज्यालो खबर




