चितवन । भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारीले अन्यायमा परेका सबै नागरिकले अब न्याय पाउने बताएका छन् । । अब न्याय नपाएर अब कोहि पनि अन्यायमा पर्ने छैन अधिकारीले भने , न्यायको अनुभुती सबै नागरिकले पाउने गरि महानगरले काम गरिरहेको छ ।

न्याय सम्पादनमा एकरुपता ल्याउने उद्देश्यले भरतपुर महानगरपालिकाले सोमबारबाट आयोजना गरेको मेलमिलाप सम्बन्धि आठ दिवसीय (४८ घण्टे)  आधारभूत तालिमलाइ नारायणगढमा समुद्वघाटन गर्दै न्यायिक समितिका सयोजक समेत रहनु भएका उप प्रमुख अधिकारीले महानगरको न्यायलाई सबैको पहुँचमा पुर्‍याउने बिश्वास समेत दिलाए  ।

उनले देशका ७ सय ५३ स्थानीय तह मध्येमा भरतपुर महानगरपालिकालाई उत्कृष्ट बनाउने गरि तालिमको आयोजना गरिएको पनि उल्लेख गरे ।

यो तालिम पश्चात् मेलमिलाप कर्ताहरुको माध्यामबाट अब भरतपुरमहानगरबासी आम नागरिकहरुले न्याय पाउनु हुने छ भन्नेमा म पुर्ण बिश्वस्त समेत रहेको छु अधिकारीले भने । बिबाद रहित समाजको निर्माण गर्न यो तालीम कोशे ढुंगा सावित हुने पनि उनकाे टिप्पणी रहेको छ ।

भरतपुर महानगरपालिकाले सुशासन तथा बिकास प्रतिस्ठान काठमाडौको प्राबिधिक सहयोगमा माघ ९ गते देखि १६ गते सम्म आठ दिवसीय (४८ घण्टे)  आधारभूत तालिमको आयोजना गरेको हो ।तालिममा भरतपुर महानगरपालिकाको वडा १ नम्बर देखि १६ नम्बर सम्मका नयाँ मेलमिलाप कर्ताहरु सहभागी भएका छन ।

तपाईको प्रतिक्रिया