विशेष अदालतको पूर्णपाठः सिक्टा नहर भत्किनुमा मन्त्री पाण्डेको दोष छैन, घुलनशील माटोले हो
चितवन । विशेष अदालतले सिक्टा सिँचाइ आयोजनामा ठेकेदार रहेको शहरी विकास मन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनको कुनै दोष नभएको ठहर गरेको छ ।
विशेषले गत असारमा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गर्दै ठेकेदार कम्पनीको बदनियतका कारण नभई कमशल माटोका कारण नहर भत्केको ठहर गरेको हो । पूर्णपाठमा घुलनशील माटोका कारण नहर भत्केकाले निर्माणमा संलग्न कालिका कन्स्ट्रक्सनका प्राविधिकहरु र कर्मचारीहरुको दोष नभएको निष्कर्ष निकालेको हो ।
फैसलामा भनिएको छ, ‘प्रतिवादीहरुले मिलेमतो ...


