
चितवन । राज्यले स्पष्ट अटो नीति ल्याउन ढिला गर्न नहुने चितवनका व्यवसायीहरुले माग गरेका छन् । चितवन अटोमोवाईल डिलर्स एशोसिएशनको छैटौँ बार्षिक साधारण सभामा बोल्दै चितवनका डिलर्स व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।
माडीको पर्यटकीय क्षेत्र अयोध्यापुरी सामुदायिक होमस्टेमा सम्पन्न साधारणसभामा बोल्दै उनीहरुले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सच्चाउन सरकारसँग जोडदार माग गरेका छन् ।नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुधार नगरे अर्थतन्त्रलाई कसैले जोगाउन नसक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका थिए ।
उनीहरुले कार जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरूको आयात खुला भए पनि अटो लोन स्वीकृत नहुदाँ व्यवसायी थप मार परेको गुनासो पाखेका छन् ।साथै व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरूले विना जानकारी ७।५ प्रतिशतको व्याजदर बढाएर १७ प्रतिशतसम्म पु¥याएको व्यवासय नै धरासयी बनाएको दुखेसो गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नाडाका केन्द्रीय सदस्य तथा डिर्लस समन्वय समितिका संयोजक गोपाल भट्टराईले अटो क्षेत्रलाई चलाएमान बनाउन विगतको जस्तो हायर प्रचेज लोनमा विशेष सहजीकरण गर्न माग गरेका पनि थिए ।कार्यक्रममा चितवन अटोमोवाईल डिलर्स एशोर्सिशन अध्यक्ष राजन पियाले राष्ट्र बैंकले मौद्रिक नीतिलाई अझ गहन रूपमा समीक्षा गर्नुपर्ने बताए । संस्थागत निक्षेपको व्याज दर ४ प्रतिशत कायम गरी लगानीयोग्य रकमको सुनिश्चितता गर्नुपर्ने उनको धारणा थियो ।
चितवन अटोमोवाईल डिलर्स एशोर्सिशनका निर्वतमान अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बैकिङ क्षेत्रको सहयोग बिना अटोमोबाइल्स क्षेत्र चल्नै नसक्ने भन्दै व्यवसायीमैत्री नीति अबलम्बन गर्न आग्रह गरेका थिए ।एशोसिएशनका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद रेग्मीले स्वागत मन्त्व्य व्यक्त गरेको कार्यक्रममा संस्थाका सचिव विमलकुमार पौडेलले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष यज्ञ प्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।सोही अवसरमा एशोसिएशनले भावी योजना तथा नयाँ कार्ययोजना तर्जुमा समेत गरिएको एशोसिएशनका द्धितिय उपाध्यक्ष उत्तम अधिकारीले जानकारी दिए ।