कोटीहोम महायज्ञको सोमबार समापन हुने
चितवन – माघ १२ गतेदेखि नारायणी नदीकिनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटीहोम ज्ञानमहायज्ञ सोमबार समापन हुँदैछ । एक महिना तीन दिन लामो महायज्ञ विधिवत्रुपमा समापन हुन लागेको हो । फागुन १२ गते सवा करोड दीप प्रज्वलन सम्पन्न भइसकेको छ ।
तर्पण र मार्जनको कार्य गर्दै सोमबार महायज्ञ सम्पन्न गर्न लागिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाजले जानकारी दिए । महायज्ञको समापन गर्ने कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहा...


