विश्वकप लिग-२ : आज युएईसँग भिड्दै नेपाल
काठमाडौँ । जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज युएईको सामना गर्दैछ । दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ ।
नेपाल र युएईले एक अर्काविरुद्ध खेल्दा दुवैको लिग-२ मा समान ३२ औँ खेल हुनेछ । आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग( को पाँचौ स्थानमा उक्लिने छ । सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलब...


