×

चितवन सेरोफेरो

चितवन जुत्ता चप्पल मेला बन्द गर्न माग गर्दै सिडियोलाई ज्ञापनपत्र

चितवन जुत्ता चप्पल मेला बन्द गर्न माग गर्दै सिडियोलाई ज्ञापनपत्र
भरतपुर। चितवन जुत्ता चप्पल मेला रोक्न माग गर्दै फेन्सी व्यवसायी संघ चितवनले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएकाे छ । औद्योगिक प्रदर्शनी केन्द्रमा फागुन १७ गतेदेखि सञ्चालित मेलाका कारण साना व्यवसायीहरु व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै संघले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गराएका हुन् । मेलाले चितवनमा व्यवसाय गरिरहेका फेन्सी व्यवसायीलाई प्रत्यक्ष असर गरेको व्यवसायीको गुनासो छ । नेपाली उत्पादनको प्रबद्र्धन हुनु सकारात्मक पक्ष भएपनि व्यव...

लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता राष्ट्रिय अभियान शुरु

लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता राष्ट्रिय अभियान शुरु
चितवन । नेपाल लघुवित्त बैंकर्स संघले वित्तीय साक्षरता राष्ट्रिय अभियान शुरु गरेको छ । शनिबार २९ वटा लघुवित्त संस्थाहरुका लघुवित्तकर्मी एवं सदस्यहरुले चितवनको कालिका नगरपालिकाकाको क्लब चोकदेखी खोलेसिमलसम्म ¥याली समेत निकालेका थिए । गाउँगाउँबाट आएका लघुवित्तकर्मी एवं ऋणी सदस्यहरुले ‘लघुवित्त हामीलाई चाहिन्छ, लघुवित्त हाम्रो साहारा हो’, ‘वित्तिय अराजकता बन्द गर’, ‘प्रतिस्पर्धामा  ऋण नलिउँ’, ‘कर्मचारीको जीउधनको सुरक्षा गर’, ‘लघुवित्तकर्मी जनताका सेवक हुन्’, ‘लिएको कर्जाको सहि ...

राजमार्गका होटलमा खाद्यको अनुगमन, अखाद्य पदार्थ नष्ट र बरामद

राजमार्गका होटलमा खाद्यको अनुगमन, अखाद्य पदार्थ नष्ट र बरामद
चितवन–नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गतका होटलले न्युन गुणस्तरीय खाना खुवाएको भन्ने गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले शुक्रबार राति होटलमा अनुगमन गरेको छ । सांकेतिक रुपमा रामनगर र जुगेडीका तीन होटलमा अनुगमन गरिएको हो । राजमार्गका होटलमा जिल्ला प्रशासन, खाद्य, प्रहरी, होटल व्यवसायी र पत्रकारको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा होटलले आवश्यक सरसफाईको व्यवस्था गरेको नपाइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए । ...

चितवनमा आयाे सुजुकीको ‘नयाँ ब्रेजा’ र ‘ग्राण्ड भिटारा’

चितवनमा आयाे सुजुकीको ‘नयाँ ब्रेजा’ र ‘ग्राण्ड भिटारा’
चितवन – विश्वविख्यात कम्पनी सुजुकीले दुई नयाँ मोडलका गाडीहरु नेपाली बजारमा ल्याएको छ ।ग्राण्ड भिटारा र नयाँ ब्रेजा दुई गाडीहरु शुक्रबार एक कार्यक्रमको आयोजना गरि भरतपुरमा सार्बजनिक गरिएको हो । नेपालका लागि सुजुकी ब्राण्डको चारपाङ्ग्रे सवारी साधनको आधिकारिक बितरक तथा सिजी होल्डिङ्स अन्तरगतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी एनेक्सटीजेनले दुई नयाँ एसयुभी सार्बजनिक गरिएको हो । कार्यक्रममा सादभि इन्टरनेशनल प्राली का प्रबन्ध निर्देशक सुरज राज जोशी, निर्देशक कैलाश घिमिरे, ...

आदर्श माविका सय विद्यार्थीहरुलाई इमेजको उपहार : “कलम र डायरी”

आदर्श माविका सय विद्यार्थीहरुलाई इमेजको उपहार : “कलम र डायरी”
चितवन । चितवनको आर्दश माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुलाई नारायणगढको इमेज इन्स्टिच्यूटले शैक्षिक सामाग्री (डायरी,कलम) प्रदान गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २६ मा अवस्थित आर्दश माध्यामिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुको विदाई समारोहमा इमेजले मायाँको चिनो स्वरुप सयजना  विद्यार्थीहरुलाई  डायरी र कलम उपलव्ध गराएको हो । विद्यालयका प्रधानाध्यापक मित्रबन्धु चापाँगाइको अध्यक्षता तथा इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकीको प्रमुख आतिथ्यतामा भए...

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बुधबार बिहान गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक कोर क्षेत्रमा भाले गैंडा मृत भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहान ९ः३० बजे निकुञ्जको गस्ती टोलीले गैडा मृत अवस्थामा भेटेको हो । अन्दाजी २० बर्षको गैडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिनुभयो । एक अपासमा जुधेर गैडाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । यो संगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यव...

राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् ...

चितवनमा लेखन वृत्तिका लागि अक्षय कोष स्थापना गर्न बीएम फाउण्डेसन र पत्रकार महासंघ बिच सम्झौता

चितवनमा लेखन वृत्तिका लागि अक्षय कोष स्थापना गर्न बीएम फाउण्डेसन र पत्रकार महासंघ बिच सम्झौता
चितवन । स्व. विष्णुमाया खरेल लामिछानेको स्मृतिमा लेखन वृत्तिका लागि अक्षयकोष स्थापना हुने भएको छ । अक्षय कोष स्थापनाका लागि बीएम फाउण्डेसन र नेपाल पत्रकार महासंघ चितवनसँग आज सम्झौता भएको छ ।क्यान्सर रोगका कारण तीन वर्षअघि निधन हुनुभएकी भरतपुर निवासी लामिछानेको स्मरणमा क्यान्सर रोगको सचेतनासम्बन्धी लेखन वृत्तिका लागि लामिछाने परिवारले स्थापनाका गर्न लागेको हो । सम्झौतामा फाउण्डेशनका तर्फबाट डा. प्रमोद लामिछाने र महासङ्घका तर्फबाट अध्यक्ष नारायण अधिकारीले सम्झौतामा हस्ताक्षर...

‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापा चितवनमा पक्राउ

‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापा चितवनमा  पक्राउ
चितवन–दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन् ।उनलाई हिजो(मंगलबार) जिल्ला प्रशासन कार्यालयबाट नियन्त्रणमा लिइएको हो । थापालाई छलफलका लागि प्रशासन कार्यालय बोलाएर त्यहिबाट पक्राउ गरिएको प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवन अभियन्ता मेघराज पौडेलले जानकारी दिए । कालोमोसोका संयोजक थापालाई तत्काल रिहा गर्न अभियानले आग्रह गरेको छ । रिहाई नगरिए संघर्षका कार्यक्रम गरिने अभियान्ता पौडे...