×

चितवन सेरोफेरो

उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मत दिने कांग्रेसको निर्णय

उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मत दिने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए । यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।कांग्रेसले आगामी वैशाख १०...

चितवनकाे सप्तगण्डकी  क्याम्पसमा  विद्यार्थी संगठनद्वारा तोडफोड

चितवनकाे सप्तगण्डकी  क्याम्पसमा  विद्यार्थी संगठनद्वारा तोडफोड
चितवन–भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा सत्तारुढ दल निकट लगायतका विद्यार्थी संगठनले तोडफोड गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया जारी रहेका बेला सत्ता गठबन्धन दल निकट र विप्लव माओवादीको विद्यार्थी संगठनका नेताहरुले क्याम्पसमा तोडफोड गरेका हुन् । क्याम्पसको टेबल, कुर्ची लगायत महत्वपूर्ण कागजपत्रमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले क्याम्पसमा विद्यार्थी संगठनले लगाएका ताला मंगलबार सुरक्षाकर्मी लगाएर खोलेको थियो । क्याम्पसका कर...

शहिद स्मारक कलेजको कम्पाउण्ड भित्र शंकास्पद बस्तु भेटियाे 

शहिद स्मारक कलेजको कम्पाउण्ड भित्र शंकास्पद बस्तु भेटियाे 
चितवन–भरतपुर महानगरपालिका–१९ शारदानगरस्थित शहिद स्मारक कलेजको कम्पाउण्डभित्र आज बिहान शंकास्पद बस्तु फेला परेको छ । कलेजको पार्किङ स्थलमा हरियो र कालो टेपले बेरेको कार्टुनमा हरियो तार जडान भएको र ‘स्ववियु निर्वाचन रद्द गरौँ’ भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।उनका अनुसार प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ ।

१४ निर्माण व्यवसायीलाई कारबाहीको तयारी गर्दै भरतपुर महानगर

१४ निर्माण व्यवसायीलाई कारबाहीको तयारी गर्दै भरतपुर महानगर
चितवन–भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ निर्माण व्यवसायीलाई कारबाहीको तयारी गरेको छ ।महानगरपालिका भित्रका विभिन्न विकास निर्माणका जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने उनीहरुलाई कारबाहीको प्रक्रिया सुरु गरिएको हो । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार महानगरले यस वर्ष दुईवटा निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस गरी सकेको छ । ती कम्पनी कारबाहीमा समेत परिसकेका छन् । अन्य १४ वटालाई कारबाहीका ल...

इमेजको उपहार पाएपछि विद्यार्थीहरु खुसी (फोटो फिचर)

इमेजको उपहार पाएपछि विद्यार्थीहरु खुसी (फोटो फिचर)
चितवन । चितवनको भानु माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुलाई नारायणगढको इमेज इन्स्टिच्यूटले शैक्षिक सामाग्री (डायरी,कलम) प्रदान गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २१ मा अवस्थित श्री भानु माध्यमिक विद्यालयका कक्षा १२ का ३२ जना विद्यार्थीहरुलाई इमेजले विद्यालयमै पुगेर मायाँको चिनो स्वरुप विद्यार्थीहरुलाई डायरी र कलम उपलव्ध गराएको हो । इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकी,निर्देशक सुजिना बुढाथोकी, चनौली शाखा प्रमुख केशव सापकोटा सहितको टोलिले स्कुलका ...

जापानमा चितवनका पाँच पत्रकार सम्मानित

जापानमा चितवनका पाँच पत्रकार सम्मानित
चितवन । जापानको राजधानी टोकियोमा जापानका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदीले बिषेश समारोहका बिच नेपाली पत्रकारलाई सम्मान गरेका छन्। कार्यक्रममा १२ वर्ष अघि जापानमा नेपाल पत्रकार महासंघको शाखा स्थापना गर्ने संस्थापकहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पत्रकारहरु संस्थापक अध्यक्ष तिलक मल्ल सहित चितवनका पत्रकार कृष्ण भण्डारी , हरिप्रसाद पोखरेल , कविकिरण न्यौपाने , बिनोदकुमार सापकोटा र भूषण घिमेरे रहेका छन्। उनिहरु सबै नेपाल पत्रकार महासंघ जापान शाखाका संस्था...

कालिका कन्ट्रक्सनलाई महत्वपूर्ण दुई विधामा अवार्ड

कालिका कन्ट्रक्सनलाई महत्वपूर्ण दुई विधामा अवार्ड
चितवन । नेपाल निर्माण व्यवसायी महासंघले कालिका कन्ट्रक्सनलाई विदेशमा निर्माण व्यवसाय गर्ने उत्कृष्ट नेपाली कम्पनी अवार्ड तथा शुरु सम्झौताको निर्धारित समयभन्दा अगावै निर्माण कार्य सम्पन्न गर्ने उत्कृष्ट “क” वर्ग कम्पनी अवार्ड गरी दुईवटा अवार्ड प्रदान गरेको छ । राष्ट्रिय निर्माण दिवस–२०७९ को अवसरमा एफक्यान एक्सिलेन्स अवार्डअन्तर्गत कालिका कन्ट्रक्सनलाई दुईवटा अवार्ड प्रदान गरेको हो । कालिका कन्ट्रक्सनका कार्यकारी निर्देशक एवम् निर्माण व्यवसायी महासंघका सल्लाहकार निकोलस पाण्ड...

भरतपुरको उमावढी आदर्श शेरचन कलेजमा शंकास्पद बस्तु भेटियो, बम भएकाे आशंका 

भरतपुरको उमावढी आदर्श शेरचन कलेजमा शंकास्पद बस्तु भेटियो, बम भएकाे आशंका 
चितवन–स्ववियु निर्वाचनको मुखमै भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित उमावढी आदर्श शेरचन कलेजमा शंकास्पद बस्तु भेटिएको छ ।आज विहान करिव पौने ६ बजेको समयमा प्राध्यापक सर्वहित पण्डित कलेज पुग्दा उक्त शंकास्पद बस्तु भेटिएको हो । प्राध्यापक पण्डितका अनुसार  रातो झोलाभित्रबाट बाहिर तारहरु निस्किएको छ । बम भएको आशंकामा तत्काल प्रहरीलाई खबर गरिएको प्राध्यापक पण्डितले बताए । नेपाली सेनाको डिस्पोजल टोली कलेजमा पुगेकाे छ । यस कलेजमा यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन को निर्वा...

राप्ती नगरपालिकामा अख्तियारको छापा,केहि कागजात नियन्त्रणमा

राप्ती नगरपालिकामा अख्तियारको छापा,केहि कागजात नियन्त्रणमा
चितवन । पूर्वीचितवनको राप्ती नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ । राप्ती नगरपालिकासँग सम्बन्धित विभिन्न उजुरीको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाँको टोली आज नगरपालिका आएको थियो । राप्ती नगरपालिकाको वडा नम्बर ४ मा स्वास्थ्य चौकी र आखाँ अस्पताल निर्माण गर्ने भनेर डिपिआर लागायतको खर्च गरेर अहिले अन्यत्र सार्न लागेको , नगरपालिकामा नियमविपरित मनपरि कर्मचारी भर्ती गरिएको , नगर प्रमुखले सचिवालयको लागि भन्दै खरिदनै नगरेको मोबाइलको...