
चितवन । चितवनको भानु माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुलाई नारायणगढको इमेज इन्स्टिच्यूटले शैक्षिक सामाग्री (डायरी,कलम) प्रदान गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २१ मा अवस्थित श्री भानु माध्यमिक विद्यालयका कक्षा १२ का ३२ जना विद्यार्थीहरुलाई इमेजले विद्यालयमै पुगेर मायाँको चिनो स्वरुप विद्यार्थीहरुलाई डायरी र कलम उपलव्ध गराएको हो ।
इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकी,निर्देशक सुजिना बुढाथोकी, चनौली शाखा प्रमुख केशव सापकोटा सहितको टोलिले स्कुलका विद्यार्थीहरुलाई मायाँको चिनो उपलव्ध गराउनुभएको हो ।विद्यार्थीहरुलाई उपहार प्रदान गर्दै समाजसेवी एवंम् इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकीले आगामी बैशाखमा हुने परिक्षाको राम्रो तयारी गर्दै सफल हुन कक्षा १२ का विद्यार्थीहरुलाई शुभकामना दिनुभयो ।
विगतका दिनहरुमा जस्तै इमेजले समाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको उहाँले बताउनुभयो ।इमेजले यस अघि फागुन २६गते आर्दश माध्यामिक विद्यालयका सयजना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री (कलम र डायरी) वितरण गरेको थियो ।
विगत १८ वर्षदेखि निरन्तर सञ्चालित चितवनको पुरानो तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउदै आएको इमेज सत्यतथ्य परामर्श तथा दक्ष भाषा प्रशिक्षक र अनुभवि परामर्शदाताका कारण विद्यार्थीहरुमाझ लोप्रपिय बन्न सफल भएको छ ।चितवनको नारायणगढ स्थित शहिदचोकमा मुख्य कार्यालय रहेको इमेजका चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा शाखा कार्यालयहरु रुहेका छन् ।