चितवन–भरतपुर महानगरपालिका–१९ शारदानगरस्थित शहिद स्मारक कलेजको कम्पाउण्डभित्र आज बिहान शंकास्पद बस्तु फेला परेको छ ।

कलेजको पार्किङ स्थलमा हरियो र कालो टेपले बेरेको कार्टुनमा हरियो तार जडान भएको र ‘स्ववियु निर्वाचन रद्द गरौँ’ भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।उनका अनुसार प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ ।

तपाईको प्रतिक्रिया