
चितवन । चितवनको आर्दश माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुलाई नारायणगढको इमेज इन्स्टिच्यूटले शैक्षिक सामाग्री (डायरी,कलम) प्रदान गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २६ मा अवस्थित आर्दश माध्यामिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुको विदाई समारोहमा इमेजले मायाँको चिनो स्वरुप सयजना विद्यार्थीहरुलाई डायरी र कलम उपलव्ध गराएको हो ।
विद्यालयका प्रधानाध्यापक मित्रबन्धु चापाँगाइको अध्यक्षता तथा इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इमेजका निर्देशक सुजिना बुढाथोकी, म्यानेजर कपिल बुढाथोकी, इमेजका चनौली शाखा प्रमुख केशव सापकोटा र इमेज परिवारका सदस्य रविना महतो अतिथिको रुपमा रहनुभएको थियो ।
विदाई समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवंम् समाजसेवी इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकीले आगामी बैशाखमा हुने परिक्षाको राम्रो तयारी गर्दै सफल हुन कक्षा १२ का विद्यार्थीहरुलाई शुभकामना दिनुभयो ।विगतका दिनहरुमा जस्तै इमेजले समाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको उहाँले बताउनुभयो । इमेजले यस अघि आर्दश माध्यामिक विद्यालयका एकसयबढी विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको थियो ।
विगत १८ वर्षदेखि निरन्तर सञ्चालित चितवनको पुरानो तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउदै आएको इमेज सत्यतथ्य परामर्श तथा दक्ष भाषा प्रशिक्षक र अनुभवि परामर्शदाताका कारण विद्यार्थीहरुमाझ लोप्रपिय बन्न सफल भएको छ ।चितवनको नारायणगढ स्थित शहिदचोकमा मुख्य कार्यालय रहेको इमेजका चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा शाखा कार्यालयहरु रुहेका छन् ।