
भरतपुर । लायन्स क्लब अफ भरतपुर इन्द्रेणीले क्यान्सरका बिरामिहरुलाइअण्डा तथा दूध बितरण गरेको छ। क्यान्सर अस्पताल भरतपुरमा आयोजित एक ओैपचारिक कार्यक्रममा बिच लायन्स क्लब इन्टरनेशनल ३२५ बि आर का सेकेण्ड भाइस गभर्नर लायन दिनानाथ न्यौपानेले क्यान्सर बिरामिलाइ दूध र अण्डा हस्तान्तरण गर्नुभयो।लायन्स क्लब अफ भरतपुर इन्द्रेणीका सेकेण्ड भिपि लायन शिला परियारका सुपुत्र समीर परियारको ब्रतबन्धको अवसर पारि कार्यक्रम गरियको हो।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभयका न्यौपानेले क्यान्सर बिरामिहरुलाइ सहयोग भन्दापनि आफ्नो कर्तव्यको रुपमा काम गरियको बताउनुभयो।छोराको ब्रतवन्ध क्यान्सर बिरामिसंगै मनाउन पाउँदा खुसि लागेको सेकेण्ड भिपि परियारले जनाउनुभयो।सामाजिक क्षेत्रमा लायन्स क्लब संधै अग्रसर भैरहने कार्यक्रमका सभापति समेत रहनुभएका क्लब प्रेसिडेन्ट लायन नारायण गिरीले बताउनुभयो।
कार्यक्रममा लायन्स क्लब अफ भरतपुर इन्द्रेणीका चार्टर्ड प्रेसिडेन्ट लायन द्रोर्णवाबु सिवाकोटी,सेकेण्ड भिपी लायन त्रिलोचन सापकोटा,स्क्रेटरी लायन सन्तोष तिवारी,ट्रेजर राजु अधिकारी,सन्तोष तिवारी,विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल मेडिकल युनिट तथा बच्चा वार्डका डेपुटि चिफ रिता चापागाइ तथा परियार परिवारको सहभागिता रहेको थियो।