सांसद बिक्रम पाण्डेको पहलमा राप्ती नदीमा नयाँ पुल बन्ने, पुल निर्माणका लागि बजेट विनियोजन
चितवन । चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो । विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चितवन क्षेत्र नं ३ का सांसद विक्रम पाण्डेले जानकारी दिए । पुल निर्माणका लागि अहिले बजेटसमेत विनियोजन भएको उनले बताए ।
“अहिले सर्भेलगायतका कामका लागि बजेट विनियोजन भएको छ”, उनले भने, “अब बहुवर्...


